२०८२ पुष १ गते मंगलवार

राष्ट्रिय परिचय पत्रको लागि आइतबारदेखि थप चार ठाउहरूबाट सेवा सुचारु

 

अभिलाष गुप्ता
बैशाख १२ बिरगंज

राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहीहरूको चाप अत्यधिक बढेपछि जिल्ला प्रशासन कार्यालय पर्साले चार ठाउहरूबाट सेवाहरू दिने भएको छ ।सेवाग्राहीहरूको सुविधा र सहजतालाई ध्यानमा राखेर आगामी वैशाख १४ गते आइतबारदेखि जिल्ला प्रशासन कार्यालयले चार वटा सेवा केन्द्रहरूबाट सेवा उपलब्ध गराउने भएको हो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीले शुक्रवार एउटा सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले विभिन्न स्थानीय तहका सेवाग्राहीका लागि अब राष्ट्रिय परिचयपत्र सम्बन्धी सम्पूर्ण सेवाहरू तोकिएका विभिन्न स्थानहरूबाट उपलब्ध हुने जनाएका हुन् ।

कार्कीले जिल्लाको विन्दवासिनी गाउँपालिका, पर्सागढी गाउँपालिका, बहुदरमाई नगरपालिका र सखुवाप्रसौनी गाउँपालिकाका सेवाग्राहीले राष्ट्रिय परिचय पत्र सम्बन्धी सम्पूर्ण सेवाहरू जिल्ला प्रशासन कार्यालय पर्साबाट नै प्राप्त गर्ने बताए । त्यस्तै जिराभवानी गाउँपालिका, ठोरी गाउँपालिका, जगरनाथपुर गाउँपालिका र पटेर्वासुगौली गाउँपालिकाका सेवाग्राहीले इलाका प्रशासन कार्यालय सुपौलीबाट सेवा प्राप्त गर्ने र वीरगञ्ज महानगरपालिकाका सम्पूर्ण वडाका सेवाग्राहीले वीरगञ्ज महानगरपालिकाको कार्यालयबाट राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा प्राप्त गर्ने कार्कीले जानकारी दिए ।

यस्तै पोखरीया नगरपालिका, छिपहरमाई गाउँपालिका, पकहाँ मैनपुर गाउँपालिका, धोनिवी गाउँपालिका र कालिकामाई गाउँपालिकाका सेवाग्राहीहरूले पोखरिया नगरपालिकाको कार्यालयबाट राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा प्राप्त गर्न सकिने उनले बताए ।जिल्ला प्रशासन कार्यालय पर्साबाट तोकिएका स्थानीय तहहरू बाहेकका स्थानीय तहका सेवाग्राहीहरूका लागि सेवा उपलब्ध नहुने पनि उनले स्पष्ट पारे ।सहायक प्रमुख जिल्ला अधिकारीले कार्कीले चार केन्द्रहरूबाट राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा विस्तार गर्दा सेवाग्राहीहरूले थप सहज र प्रभावकारी ढङ्गबाट सेवा प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM