अभिलाष गुप्ता
बैशाख १३ वीरगन्ज
वीरगन्ज युवा समाजले भित्तेपात्रो लोकार्पण कार्यक्रम सभ्य एवं भव्य रुपले सम्पन्न गरेको छ । प्रमुख अतिथी नेपाल चिकित्सक संघका केन्द्रिय उपाध्यक्ष तथा मधेश प्रदेश संयोजक डाक्टर निरज कुमार सिंहले वीरगन्जको होटल मकालुको सभाहलमा २०८२ सालको भित्तेपात्रो लोकार्पण गरेका हुन ।
वीरगन्ज युवा समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा सम्पन्न सो लोकार्पण कार्यक्रममा बिशिस्ट अतिथिहरु वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईं ,जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्ट ,वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह , होटल मकालुका डाईरेक्टर तथा भेट्रान्स क्लब वीरगन्ज का वरिष्ठ उपाध्यक्ष रोशन श्रेष्ठ ,फोटो पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष पंकज श्रेष्ठ ,संस्थापक सल्लाहकार मार्टिन मोक्तान, कुर्मी सशक्तीकरण मन्च पर्साका अध्यक्ष दिपक पटेल, समाजका उपाध्यक्ष सुभद्रा राणा,अस्मिता गौतम,सदस्यहरु पुर्ण गुरुङ , सुशील श्रेष्ठ ,निरज श्रेष्ठ , राजु गुप्ता,सुमन पौडेल,मनोज गुप्ता,शैलेन्द्र यादव ,कमलेश गुप्ता लगायत पदाधिकारी सदस्यहरुको बाक्लो सहभागिता रहेको थियो ।
सो कार्यक्रममा वीरगन्ज युवा समाजका
सो अवसरमा अध्यक्ष थापाले परिवर्तनको लागि वीरगन्ज युवा समाज भन्ने मुलमन्त्रलाई आत्मसात गरि अग्रज सल्लाहकारहरु, शुभेच्छुकहरु एवं साथिभाइको साथ सहयोगले हामिले विभिन्न गुणस्तरीय कार्यहरु गर्दै आएको छौ र आउने समयमा अझ बढी प्रभावकारी रुपले दिनदुखी असहायको साथै देश समाजको सेवा सहयोग गर्नेछौ भनी प्रतिबद्धता व्यक्त गर्दै सम्मानित हुने हाम्रा सदस्य चौधरिलाइ बधाई तथा शुभकामना दिदै छोटो सहजिकरण सदस्य बिनोद धिमालले गरेका थिए ।



















