अभिलाष गुप्ता
बैशाख १४ बिरगंज
मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ०१ चौकीटोल स्थित त्रिभुवन राजपथ सडकखण्डमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा चौकीटोलबाट हेटौडा बजारतर्फ आउंदै गरेको ना १ ह १५२८ नं. को अटोमा सवार भई आएका जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ११ बस्ने वर्ष २७ को सुमन गुरुङ र ऐ. वडा नं. ०१ बस्ने वर्ष २० को बुद्धीमान थिङलाई शंका संका लाई चेक जाँच गर्ने क्रममा उनिहरुको साथबाट ५०० मिलिग्राम लागूऔषध खैरो होईन जस्तो देखिने धुलो पदार्थ फेला परेको छ।
उक्त लागुऔषधको सम्बन्धमा सोधपुछ गर्ने क्रममा उक्त ला.औ. जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ०१ लालझाडी बस्ने वर्ष ३२ को सुरेश तामाङसंग खरिद गरी ल्याएको भनि बताएका थिए। त्यस पश्चात निज सुरेश तामाङ समेतलाई फेला पारी खानतलासी गर्दा निजले जमिनमा सानो खाल्डो खनी लुकाई छिपाई राखिएको अवस्थामा ६ ग्राम ८९० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको हुदाँ उक्त लागूऔषध बरामद गरी निजहरु सुमन गुरुङ, बुद्धीमान थिङ र सुरेश तामाङलाई नियन्त्रणमा लिई लागुऔषध कसुर मुद्धामा मकवानपुर जिल्ला अदालत हेटौडाबाट १० दिनको म्याद लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ।









