अभिलाष गुप्ता
बैशाख १५ बिरगंज
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगर वीरगंज पर्सा तथा आफन्त नेपाल वीरगंजपर्साको सँयुक्त आयोजनामा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं १० हरि खेतान बहुमुखी क्याम्पसमा (BBS first year) का भाई बहिनीहरुलाई लाई मानव बेच बिखन तथा लैगिङ्क हिँसा अभिमुखीकरण सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारीको गणेश अर्यालको आतिथ्यमा तथा यस ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगर वीरगंज पर्साका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको थियोे।
उक्त कार्यक्रममा सरकारी गैर सरकारी संघसंस्थाका पधाधिकारीहरु,सुरक्षाकानिकायका पदाधिकारीहरु संचारकर्मीहरू,नारायणी अस्पतालका (OCMC) का पदाधिकारीहरु, आफन्त नेपालका पदाधिकारीहरु, तथा यस सेवा केन्द्रका पधाधिकारी लगायत अन्दाजी २२० जनाको उपस्थितमा उक्त कार्यक्रम बारे नीति नियम, दण्ड सजाय जरिवाना बारे सम्झाई बुझाई गरी उक्त कार्यक्रम सम्पन्न भएको थियोे। विशिष्ट अतिथिमा जिल्ला प्रहरी कार्यालय पर्साका एसपि गौतम मिश्र,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,शसस्त्र प्रहरी बल नेपाल १३ नं गण हे कवा, वीरगंज पर्सा, प्रहरी निरीक्षक निरोज चौलागाईं,प्रदिप कुमार गोले,हरि खेतान बहुमुखी क्याम्पस प्रमुख,नर्सिंग अधिकृत OCMC मोकल पर्सन नारायणी अस्पताल वीरगंज पर्साकी हेमा थापा,मनु राणा लगाएतकाहरुको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।









