२०८२ फाल्गुन ३० गते शनिबार

नेपाली महावाणिज्यदूतावास कोलकाताको आयोजनामा अन्तर्राष्ट्रिय व्यापार सम्बन्धित समस्या बारे छलफल

 

अभिलाष गुप्ता
बैशाख १५ बिरगंज

 

भारतको कोलकाता र हल्दिया बन्दरगाहबाट वीरगञ्जसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय व्यापार तथा पारवहनसँग सम्बन्धित समस्या र आगामी कार्यदिशाबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम नेपाली महावाणिज्यदूतावास कोलकाताको आयोजनामा तथा वीरगञ्ज भन्सार कार्यालय र निजी क्षेत्रको सहकार्यमा आयोजना गरिएको थियो। कार्यक्रममा दुबै देशका सरकारी निकाय, निजी क्षेत्रका प्रतिनिधिहरू र अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त कार्यक्रम बिरगंज उधोगबाणिज्य संघको सभा हलमा सम्पन्न भएको हो।

नेपालका सामान ढुवानीमा लाग्दै आएको पारवहन खर्च कसरी कम गराउने ? भन्नेतर्फ आफ्नो अथक प्रयास रहने बताए ।
साथै उनले कोलकत्ता बन्दरगाहमा आइपुगेका नेपालका सामानहरु नेपाली आयातकर्ताले लामो समयसम्म त्यसै छाड्ने , आपुर्तिकर्ता कम्पनिलाई समयमा भुक्तानी नपठाउने जस्ता समस्याहरु रहेको सुनाए ।कोलकत्ता र हल्दिया बन्दरगाहमा नेपाल सरकारले भाडामा जग्गा लिएको वर्षौ भइसकेको भएपनि अहिलेसम्म नेपाली आयाकर्ताले उक्त जग्गा उपयोगामा नल्याएको गुनासोपनि उनले सुनाए ।

आचार्यकै अध्यक्षता तथा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने,सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बडुवाल,पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र,सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बा, वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अनिल अग्रवाल,आन्तरिक राजश्व कार्यालयका प्रमुख, भन्सार एजेन्ट ,उद्योगी व्यपारी लगायतकाको सहभागिता थियो ।कार्यक्रमको सञ्चालन उपमहावाणिज्यदूत जनकराज भट्टले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM