२०८२ कार्तिक २९ गते शनिबार
neelambads

पर्सामा भगवान श्री परशुराम जयन्ती तथा अक्षय तृतीयाको अवसरमा भव्य शुभकामना कार्यक्रम सम्पन्न

 

देशमधेश डटकम, पर्सा
वैशाख १७ बिरगंज

पर्सा — हिन्दू धर्मका महान योद्धा, तपस्वी एवं न्यायको प्रतीक भगवान श्री परशुरामको जयन्ती तथा अक्षय तृतीयाको पावन अवसरमा पर्सा जिल्लामा बुधवार एक भव्य शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको आयोजनामा बृहस्पति फाउन्डेशन नेपालका अध्यक्ष डा. पुरुषोत्तम दुबेको सक्रिय नेतृत्व रहँदा संयोजकका रूपमा श्री परशुराम जयन्ती समारोह समिति, पर्साका पं. रतनेश तिवारीले भूमिका निर्वाह गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि देवनाथ उपाध्याय रहनु भएको थियो भने ब्राह्मण समाज नेपाल, पर्साका अध्यक्ष कामेश्वर मिश्रले सभापतिको जिम्मेवारी सम्हाल्नुभयो।

वक्ताहरूले भगवान परशुरामको जीवन, संघर्ष र समर्पणबारे चर्चा गर्दै यस्ता धार्मिक पर्वहरूले सामाजिक एकता र राष्ट्रिय संस्कृति प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे।

 

कार्यक्रममा स्थानीय धर्मगुरु, समाजसेवी, शिक्षाविद्, पत्रकार, महिला तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। मन्तव्यपछि प्रसाद वितरण तथा सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो।

आयोजक संस्थाहरूले कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूप्रति आभार प्रकट गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

neelambads
neelambads

Live

Listen Live FM