२०८२ कार्तिक २९ गते शनिबार
neelambads

महिला नेतृत्वको लागि अभियान: फ्रन्ट लाइन नेताहरुको क्षमता मुल्यांकन र सुदृढीकरण विषयक २ दिने कार्यक्रम सुरु

 

अभिलाष गुप्ता
बैशाख १७ बिरगंज

पर्साको बिरगंजमा रहेको होटेल बिरगंज गेटवेमा २ दिने महत्वपूर्ण कार्यक्रम प्रमुख अतिथि द्वारा गमलामा पानी हाली उद्घाटन भएको छ। “महिला नेतृत्वको लागि अभियान” अन्तर्गत फ्रन्ट लाइन नेताहरुको क्षमता मुल्यांकन र सुदृढीकरण सम्बन्धी २ दिने महत्वपूर्ण कार्यक्रमको उद्घाटन भएको छ। यस कार्यक्रमको आयोजक दलित महिला संघ बिरगंज पर्साकि अध्यक्ष निला राम र सहयोगी संस्था ओमेन फन्ड एशिया रहेको थियो।

 

कार्यक्रमको उद्घाटन पर्सा जिल्ला भुमि आयोगका अध्यक्ष, तबरेज आलम द्वारा गरिएको थियो। प्रमुख अतिथी आलमले महिला नेतृत्वको सुदृढीकरण र उनीहरूको भूमिका समाज र राष्ट्रको समृद्धिमा कति महत्वपूर्ण रहेको बारेमा प्रकाश पारेका छन्। उनले भने, “महिलाहरूको सहभागिता मात्र भोलिका पीढीलाई बलियो बनाउदैन, बरु समग्र राष्ट्रको प्रगति र विकासका लागि एक महत्वपूर्ण पथमा रूपान्तरण हुनसक्छ।”

कार्यक्रममा विशिष्ट अतिथीका रूपमा भिम आर्मीका केन्द्रीय संयोजक, सुनिल राम, सलमा खातुन र बृज लाल पासवान रहेका थिए। साथै, वडा सदस्य संगीता दासको अध्यक्षतामा कार्यक्रमलाई सफलता मिलेको थियो।

कार्यक्रमको उद्देश्य महिला नेतृत्त्वको सशक्तिकरणमा फोकस गर्दै, फ्रन्ट लाइन नेताहरुलाई विभिन्न प्रकारका प्रशिक्षण, क्षमता मुल्यांकन र सुदृढीकरणका माध्यमबाट समाजमा सकारात्मक प्रभाव पार्न उत्प्रेरित गर्नु थियो। यस कार्यक्रमले महिला नेतृत्त्वको महत्त्व र स्थानलाई अझ बलियो बनाउनका लागि विविध पहलहरूलाई अघि बढाउने प्रतिबद्धता जनाएको छ।

समारोहमा विभिन्न क्षेत्रका महिला नेतृहरूले आफ्नो अनुभव र विचार साझा गर्दै, महिलाहरूको नेतृत्वको क्षेत्रमा भएका चुनौतीहरूको समाधान र सुधारका लागि विभिन्न सुझावहरू पनि प्रस्तुत गरेका थिए। यस कार्यक्रमले महिलाहरूलाई शक्ति र आत्मविश्वास दिने माध्यमका रूपमा काम गर्ने विश्वासलाई अझ गहिरो बनाएको छ।

कार्यक्रमका उद्घाटन सत्रमा, उपस्थित सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै, महिला नेतृत्वको सशक्तिकरणमा यसको दीर्घकालीन प्रभाव पर्ने कुरा जोड दिइएको थियो।

यस अवसरमा महिला नेताहरूले आफ्नो समाजमा सुधार ल्याउन र प्रभावकारी नेतृत्व विकास गर्नका लागि विभिन्न पहलहरूको समर्थन गर्ने प्रतिवद्धता जनाए।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

neelambads
neelambads

Live

Listen Live FM