२०८२ फाल्गुन ३० गते शनिबार

अमलेखगञ्जस्थित गुम्बा विद्यालयमा खाद्यान्न सहयोग

 

अभिलाष गुप्ता
बैशाख १८ बिरगंज

 

अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा अमलेखगञ्जस्थित गुम्बा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई करिब एक लाख रुपैयाँ बराबरको स्वस्थकर खाद्य सामग्री प्रदान गरिएको छ।

उक्त कार्यक्रम लायन्स क्लब वीरगञ्ज मिलेनियम एमजेएफ र लायन्स क्लब वीरगञ्ज ग्रेट पीपुलको संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता लायन्स क्लब वीरगञ्ज मिलेनियमका अध्यक्ष विनोद खंडेलवालले गरेका थिए।

कार्यक्रममा ग्रेट पीपुलका सुनील केडिया, उप डिस्ट्रिक्ट गभर्नर आर. बी. पाण्डे, भूतपूर्व डिस्ट्रिक्ट गभर्नर डी. एन. अग्रवाल, भूपू अध्यक्षहरू पी. बी. शाह, उषा शाह, सुभाष अग्रवाल, क्लबका सचिव रोशन गुप्ता, अंकिता गुप्ता तथा सुभाष श्रेष्ठ लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

साथै, अमलेखगञ्जका स्थानीय लायन्स सदस्य, समाजसेवी, महिला तथा पुरुष समुदाय, विद्यालयका शिक्षक, विद्यार्थी, शिक्षा प्रेमी तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य विद्यार्थीलाइ पोषणयुक्त खाद्य सामग्री प्रदान गरी उनीहरूको स्वास्थ्य र शिक्षामा सकारात्मक योगदान पुर्‍याउनु रहेको आयोजकले बताएका छन्।
उक्त कार्यक्रमको जानकारी लायन राधेश्याम खेतानले दिनु भएको हो।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM