२०८२ पुष १ गते मंगलवार

नेपाल भारत सीमाको दुवैतर्फ परिचयपत्र अनिवार्य गर्ने विषयको समाचारमा कुनै सत्यता नभएको पुष्टि

 

अभिलाष गुप्ता
बैशाख १८ बिरगंज

 

नेपाल भारत सीमाको दुवैतर्फ परिचयपत्र अनिवार्य गर्ने विषयको समाचारमा कुनै सत्यता नभएको पुष्टि भएको छ । बिहीबार बिहानैदेखि नेपाल भारतको सीमाक्षेत्रका दुवैतर्फ आवतजावत गर्दा परिचयपत्र अनिवार्य देखाउनुपर्ने नियम लागू भएको भन्ने समाचार र सामाजिक सञ्जालहरुमा देखिन पाइएको थियो ।

सामाजिक सञ्जालमा भएको टिक्काटिप्पनीले समाचारहरु आएको भन्दै त्यो कुनै आधिकारिक रुपमा नभएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । साथै रक्सोल पुगेर आएका नेपाली र नेपाल प्रवेश गर्नेहरुलाई भने सीमाक्षेत्रमा दैनिक गरिने सुरक्षा चेकजाँच बाहेकका कुनै पनि कागजातहरु नमागिएको भारतको रक्सौल पुगेर आएकाहरुले बताएका छन् ।

नेपालतर्फ पनि सीमाक्षेत्रमा चेकजाँचमा खटिएका सुरक्षाकर्मीहरुले दैनिक गर्ने चेकजाँच बाहेक कुनै किसिमको परिचय पत्र मागेका छैनन् । भारतीय सीमा सुरक्षा बल एसएसबी र नेपालको सीमा सुरक्षा बल सशस्त्र प्रहरीको संयुक्त बैठकमा सीमाक्षेत्रमा गरिने निगरानी थप प्रभावकारी बनाउने बाहेकका अन्य कुनै औपचारिक सहमति र निर्णयहरु भने नभएको जानकारी दिए ।

भारतको काश्मिरको पर्यटकीय स्थल पहलगाममा भएको आतंकारी हमलापछि नेपाल भारतको सीमाक्षेत्रमा दुवैतर्फका सुरक्षा निकायले नियमित चेकजाँचलाई थप प्रभावकारी बनाउन निगरानी बढाउनु बाहेक अन्य परिचय पत्र भन मागिएको छैन । सीमा नाकामा नेपालतर्फ प्रहरीले ‘स्पेशल डग’ सहित सुरक्षा जाँच पहिलेदेखि नै गरिरहेको छ ।
सीमाक्षेत्रमा परिचय पत्र देखाउनु पर्ने नियमको विषयमा कहीपनि औपचारिक बैठकहरु नभएको र यस विषयमा कुनै आधिकारिक जानकारी पनि नआएको वीरगन्ज स्थित भारतीय महावाणिज्यदूतावास स्रोतले पनि जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM