२०८३ असार १ गते सोमबार

“सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण” नाराका साथ वीरगञ्जमा प्रभातफेरी कार्यक्रम सम्पन्न

 

अभिलाष गुप्ता
बैशाख १९ बिरगंज

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२५ को अवसरमा “सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण” भन्ने मूल नाराका साथ वीरगञ्जमा प्रभातफेरी कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।

कार्यक्रम कम्प्युटर एसोसिएसन महासंघ, पर्साका अध्यक्ष सन्जय सक्सेनाको अध्यक्षतामा सम्पन्न भएको छ।

कार्यक्रम कम्प्युटर एसोसिएसन महासंघ, पर्साको आयोजनामा तथा DYNAMIC TECHNOSET को प्रायोजनमा सम्पन्न भएको हो। प्रभातफेरी कार्यक्रम घण्टाघर चौकबाट सुरु भई माईस्थान, आदर्शनगर हुँदै वीरगञ्जका विभिन्न मुख्य स्थानहरूको परिक्रमा गर्दै सम्पन्न भएको थियो।

प्रभातफेरीमा सूचना प्रविधि क्षेत्रमा संलग्न व्यवसायी,सनलाइट कलेजका विद्यार्थी, शिक्षक, सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मी, सामाजिक अभियन्ता लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्देश्य डिजिटल साक्षरता अभिवृद्धि गर्नुका साथै डिजिटल नेपाल अभियानलाई व्यवहारमा उतार्ने मार्गप्रशस्त गर्नु रहेको आयोजक संस्थाले जानकारी दिएको छ।

कम्प्युटर एसोसिएसन महासंघ पर्साका निबर्तमान अध्यक्ष अलोक चौरसियाले प्रविधिको विकासमार्फत समृद्ध नेपाल निर्माणमा सबैको सहकार्य अपरिहार्य रहेको भन्दै युवाहरूलाई प्रविधिमैत्री बन्न आह्वान गरेका थिए।सो अवसरमा विभिन्न प्लेकार्ड, ब्यानर तथा नारामार्फत डिजिटल पहुँच, साइबर सुरक्षा, प्रविधिमा नवप्रवर्तनजस्ता विषयहरूमा जनचेतनामूलक सन्देश प्रवाह गरिएको थियो।

प्रभातफेरी सम्पन्न भएपछि आयोजकले भविष्यमा अझ फराकिलो सहभागितासहित प्रविधिमैत्रिक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM