२०८२ फाल्गुन ३० गते शनिबार

रक्सौलमा सञ्चालित निःशुल्क अन्नपूर्णा भान्सा सेवा शिविर सेवा दुई वर्ष पूरा गर्यो

 

अभिलाष गुप्ता
बैशाख १९ बिरगंज

भारत विकास परिषद् शाखा रक्सौलद्वारा सञ्चालित निःशुल्क अन्नपूर्णा भान्सा सेवा शिविरले आज आफ्ना सेवाका दुई वर्ष पूरा गरेको छ। यस अवसरमा परिषद्का अध्यक्ष महेश कुमार अग्रवालले यस सेवा परियोजनालाई परिषद्को आत्मगौरवको विषयको रूपमा व्याख्या गरे। उनले भने, “हामीले निरन्तर दुई वर्षसम्म गरीब, असहाय र जरुरतमन्दहरूसम्म तातो र ताजा भोजन पु¥याएर समाजसेवाको महत्वपूर्ण उदाहरण प्रस्तुत गरेका छौं।”

आजको कार्यक्रममा माता अन्नपूर्णालाई भोग लगाएर विधिवत् पूजापाठ तथा केक काटेर उत्सव मनाइएको थियो। साथै, दुई वर्षदेखि भोजन तयार पार्ने दुई जना भान्से तथा निःशुल्क पानी आपूर्ति गर्ने मंटु पटेल र उनका सहयोगीहरूलाई फूलमाला र अंगवस्त्र ओढाएर सम्मान गरिएको थियो। यस्तै, भगवती सर्राफलाई पनि समाजसेवामा योगदान दिएकोमा सम्मानित गरिएको थियो।

परिषद्का सेवा संयोजक नरेश मित्तलका अनुसार परिषद्का सदस्यहरूले आफ्ना परिवारजन तथा इष्टमित्रहरूको जन्मदिन, विवाह वार्षिकोत्सव, सन्तान प्राप्ति, पुण्यतिथि तथा अन्य धार्मिक अवसरहरूमा आफ्नै कोषबाट यो सेवा सञ्चालन गर्दै आएका छन्। उनले भने, “हामीले गरीब, लाचार र अशक्त व्यक्तिहरूका लागि राहत पुर्‍याउन सतत् प्रयास गर्दै आएका छौं।”

परिषद्का सचिव डा. राजेन्द्र प्रसाद सिंह र मीडिया प्रभारी रजनीश प्रियदर्शीले जानकारी गराएअनुसार विवाहलगायतका व्यस्तताका कारण यो महिनाको सेवा कार्यक्रम पूर्वनिर्धारित मिति चार तारिखको सट्टा दुई मेमा सम्पन्न गरिएको हो।

अध्यक्ष महेश कुमार अग्रवालले बताएअनुसार माता अन्नपूर्णाको कृपाले परिषद्ले यो सेवा भविष्यमा पनि निरन्तर जारी राख्ने प्रतिवद्धता जनाएको छ।आजको कार्यक्रममा अवधेश सिंह, सीताराम गोयल, ध्रुव सर्राफ, सुनील कुमार, सुभाष अग्रवाल, अजय कुमार, नरेश मित्तल, सुरेश धानोठिया, विनोद रौनियार, विनोद कुमार, भैरव गुप्ता, अजय मस्करा, विष्णु मस्करा, विमल सर्राफ, राम एकबाल प्रसाद र मोहन कुमार मण्डलसहित परिषद्को अन्य सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो।कार्यक्रमको सम्पूर्ण जानकारी परिषद्का मीडिया प्रभारी रजनीश प्रियदर्शीले दिएका हुन्।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM