अभिलाष गुप्ता
बीरगंज, २० बैशाख
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भोलेन्टियर समूह बीरगंज र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त आयोजनामा नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र पर्सामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
केही समूहको मानव रगतको अभाव भएपछि सञ्चालन गरिएको यस कार्यक्रमले जीवनरक्षाको महत्त्वपूर्ण योगदान पुर्याएको आयोजकले बताएका छन्।

कार्यक्रममा भोलेन्टियर टिम बीरगंजका महासचिव श्याम सरार्फ, संयोजक राजन श्रीवास्तव, नेपाल रेडक्रस सोसाइटी पर्साका मन्त्री विनोद गिरी, र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौत्तम मिश्रको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा २ महिला सहित ५६ जनाले आफ्नो अमूल्य रक्तदान गरेका थिए। रक्तदान गर्नेहरूमा अनिता ठाकुर, पवन देवकोटा, रमेश केसी, दीपक पटेल, प्रकाश कुमार, सागर पटेल लगायत अन्य सहभागी थिए।
नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाको युवा संयोजक अभिलाष गुप्ताको विशेष उपस्थिति रहेको थियोे।
रक्त संचार केन्द्र बीरगंजका प्राविधिक मनिष गुप्ता, लिलाधर साह लगायतको प्राविधिक सहयोगमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो।
यस किसिमका कार्यक्रमले आपत्कालीन अवस्थामा रक्त अभाव हटाउन सहयोग पुग्ने र समुदायमा मानवता र सेवा भावनाको विकास हुने विश्वास आयोजकले व्यक्त गरेका छन्।









