२०८३ असार १३ गते शनिबार

मारवाडी प्रिमियर लिग’ क्रिकेट प्रतियोगिता २०८२ का लागि खेलाडी लिलामी कार्यक्रम सम्पन्न

 

अभिलाष गुप्ता
बैशाख २० बिरगंज

मारवाडी समुदायको गौरवशाली खेल आयोजनाको रुपमा परिचित ‘मारवाडी प्रिमियर लिग (MPL)’ क्रिकेट टुर्नामेन्ट 2082 का लागि खेलाडी छनोटको लिलामी कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। यसपटकको MPL प्रतियोगिता स्व. श्री सुशील खेतानज्यूको स्मृतिमा आयोजना गरिंदैछ।

जेष्ठ ३ गतेदेखि बिरगंजमा सुरु हुन गइरहेको प्रतियोगिताको तयारीस्वरूप आज बिरगंज-१४ स्थित क्लार्क रिसोर्टमा सम्पन्न लिलामी कार्यक्रममा विभिन्न टिम मालिक, खेलाडी, पत्रकार तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा बिरगंज महानगरपालिकाका नगर प्रमुख श्री राजेशमान सिंह उपस्थित थिए। उनले मरवाडी समुदायले खेलकुदको माध्यमबाट सामाजिक एकता र सद्भाव बढाउने कार्यमा अग्रसर भईरहेकोमा प्रशंसा व्यक्त गर्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे।

कार्यक्रमको अध्यक्षता ग्रीनसिटी सामुदायिक प्रहरी, आदर्शनगरका अध्यक्ष श्री प्रकाश खेतानले गर्नुभएको थियो। उहाँले स्मृति स्वरूप आयोजना गरिएको यस प्रतियोगिता मार्फत युवामा सकारात्मक ऊर्जा र नेतृत्व विकास हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा विभिन्न उमेर समूहका प्रतिभाशाली खेलाडीहरूलाई लिलामी प्रक्रियामार्फत विभिन्न टिमले चयन गरेका छन्। लिगमा प्रतिस्पर्धा गर्ने टिमहरू, खेल तालिका तथा अन्य व्यवस्थापकीय पक्षहरू चाँडै सार्वजनिक गरिने आयोजक समितिले जनाएको छ।

क्रिकेटलाई माध्यम बनाई समुदायबीच सहकार्य, सद्भाव र खेल भावना बढाउने उद्देश्यसहित आयोजना गरिँदै आएको MPL टुर्नामेन्ट यसपटक झनै व्यवस्थित र आकर्षक हुने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM