अभिलाष गुप्ता
बीरगंज,२० बैशाख
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट 325S का नव निर्वाचित डिस्ट्रिक्ट गर्भनर डायनामिक लायन पी एम जे एफ बिनय बस्नेतले सत्र 2025–26 का लागि मनोनीत पदाधिकारीहरूलाई विशेष समारोहबीच पदनियुक्ति पत्र प्रदान गरेका छन्। कार्यक्रमहरू बीरगंज र हेटौंडा दुबै स्थानमा भव्य रूपमा सम्पन्न भएका हुन्।
समारोहमा पाँच दशकदेखि लायन्स आन्दोलनमा समर्पित वरिष्ठ भू.पु. डिस्ट्रिक्ट गर्भनर डा. आर.पी. खेतान, अन्तर्राष्ट्रिय निर्देशकका प्रस्तावित उम्मेदवार डा. रमेश अग्रवाल लगायत पूर्व डिस्ट्रिक्ट गर्भनरहरू आर.के. सिंधी, डी.एन. अग्रवाल तथा उपगर्भनर आर.बी. पाण्डेको विशेष उपस्थिति रहेको थियो।

नव नियुक्त डिस्ट्रिक्ट क्याबिनेट सचिव सर्जन चापागाईं सहित रामेश्वर गुप्ता, पी.बी. शाह, उषा शाह, अशोक बेरीवाल, रितिका जायसवाल, सुनील गुप्ता, श्याम गुप्ता, बासु तिमिल्सिना, आस्मा सिंह यादव, सलमा खातुन, मंतोष चौधरी, उमेश शर्मा, रिकेश साह, विजय गुप्ता, चन्द्रशेखर, प्रकाश बाहेती, सीता अग्रवाल, सन्दीप केडिया, विजया ओझाया, बिनय बसल, आशा अग्रवाल, प्रमोद गुप्ता, सुमन श्रेष्ठ, कपिलदेव तिवारी, चूडामणि खरेल, कृष्णा भट सिंह, सुनीता अग्रवाल, संजीता प्याकुरेल, डा. मनोज उपाध्याय, रवि सर्राफ, डा. महेश्वर रौनियार, बिमल जैन, प्रेमचन्द गोयल लगायत विभिन्न पदाधिकारीहरूलाई औपचारिक रुपमा नियुक्तिपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा अमलेखगञ्ज, जितपुर सिमरा, कलैया र बीरगंजका विभिन्न लायन्स क्लबहरूका लायन सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो। समारोहलाई संगठनात्मक दृष्टिले सशक्त बनाउँदै लायन्स आन्दोलनलाई आगामी वर्षमा झनै प्रभावकारी बनाउने प्रतिबद्धता नव निर्वाचित गर्भनर बस्नेतले व्यक्त गरे।
कार्यक्रममा सेवा, नेतृत्व र समर्पणलाई केन्द्रमा राख्दै विभिन्न सामाजिक कार्यहरूमा समर्पित रहने सन्देश दिइएको थियो। लायन्स क्लब अन्तर्राष्ट्रियले विश्वभर सामाजिक उत्तरदायित्वलाई मूर्तरूप दिन गरेको योगदान नेपालमा समेत निरन्तर जारी रहने विश्वास व्यक्त गरिएको छ।









