२०८२ माघ ११ गते आईतवार

लायन्स क्लब सिमरा जागरणद्वारा तेरहजनालाई ह्विलचेयर प्रदान, सेवा भावनाको अनुकरणीय उदाहरण

 

 

अभिलाष गुप्ता
बिरगंज २० बैशाख

लायन्स क्लब सिमरा जागरणले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत तेरहजना शारीरिक रूपमा कम सक्षम महानुभावहरूलाई ह्विलचेयर प्रदान गरी मानवसेवा र सहानुभूतिका दृष्टान्त प्रस्तुत गरेको छ। उक्त कार्यक्रम प्रभु राजी एन जे जे वाई सि एकेडेमीको प्राङ्गणमा भव्यरूपमा सम्पन्न भएको हो।

क्लबका अध्यक्ष पौडेलको  सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा लायन्स डिष्ट्रिक्ट 325S का नव निर्वाचित डिस्ट्रिक्ट गवर्नर बिनय बस्नेत तथा उप गवर्नर आर.बी. पाण्डे, जोन चेयरम्यान, लायन्स सदस्य, पत्रकार, समाजसेवीहरू तथा स्थानीय समुदायका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस सेवामूलक पहलमा ८७ वर्षीय समाजसेवी तथा गुठीका संरक्षक श्री राजीव राणाले प्रतिव्यक्ति १०,९०० रुपैयाँका दरले कुल १,८०,७०० रुपैयाँ बराबरको कुर्सी सहयोग उपलब्ध गराएका थिए। उल्लेखनीय छ कि यही गुठीको महत्वपूर्ण योगदानमा एकेडेमी भवन पनि निर्माण भएको हो।

समारोहमा डिस्ट्रिक्ट क्याबिनेट सचिव मनोनीत सर्जन चापागाईं, रिजन चेयरम्यान कृष्ण भरत, सिमरा जागरणका नव निर्वाचित अध्यक्ष नीरज सापकोटा लगायत विभिन्न वक्ताहरूले आफ्नो मन्तव्य राख्दै सेवा नै लायन्स आन्दोलनको मुटु भएको र यस्ता कार्यक्रमहरूले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रमले शारीरिक रूपमा असक्त नागरिकप्रति सहानुभूति, समानता र सेवा प्रवाहको भावना अभिव्यक्त गर्दै सिमरा क्षेत्रमा लायन्स क्लबको सामाजिक योगदान झनै मजबुत बनाएको छ।

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM