२०८३ जेष्ठ १६ गते शनिबार

जनमत पार्टीको जगरनाथपुर गा.पा.को दोस्रो अधिवेशन सम्पन्न, ४१ सदस्यीय समिति गठन

अभिलाष गुप्ता
बैशाख २१ बिरगंज

पर्सा, जगरनाथपुर – जनमत पार्टीको जगरनाथपुर गाउँपालिकाको दोस्रो अधिवेशन हिजो भव्य रूपमा सम्पन्न भएको छ। युवानेता सुनिल मुखिया बिनको अध्यक्षतामा सर्वसम्मतिबाट ४१ सदस्यीय गाउँपालिका समिति गठन गरिएको छ।

पर्सा जिल्ला क्षेत्र नं. ४ को क्षेत्रीय सम्पर्क कार्यालय, जगरनाथपुर गाउँपालिका वडा नं. ४ सुहपुरमा सम्पन्न बैठकमा प्रदेश सदस्य बृजेश्वर प्रसाद चौधरीको नेतृत्वमा कार्यक्रम संचालन गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला कार्य समितिका उपाध्यक्ष अमरनाथ सिंह राठौर रहेका थिए। त्यस्तै, विशिष्ट अतिथिका रूपमा वीरगंज महानगरपालिका समितिका उपाध्यक्ष केदार पटेल सहभागी थिए। कार्यक्रममा ठाकुर प्रसाद चौधरी, रामप्रताप महतो लगायतका स्थानीय नेताहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस अधिवेशनले गाउँ तहमा पार्टी संगठनलाई थप मजबुत पार्ने विश्वास गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM