२०८२ पुष १ गते मंगलवार

पर्सामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी तीन वर्षपछि पक्राउ

 

 

अभिलाष गुप्ता
बैशाख २३ बिरगंज

पर्सामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी तीन वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरियाका ३६ वर्षीय सिकेन्द्र प्रसाद चौहानलाई पक्राउ गरेको हो।

२०७६ साल वैशाख ४ गते पोखरिया नगरपालिका वडा नम्बर–६ श्रीसियाका शंकर प्रसाद महतो चाईका छोरा धर्मेन्द्र प्रसाद चौहानको विवाह पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरियाकी निषा कुमारी चौहानसँग भएको थियो। विवाहपछि बेहुली बिदाई गर्ने विषयमा दुवै पक्षका आफन्तबीच मनमुटाव भएको थियो।

सोही विषयलाई लिएर २०७९ साल वैशाख ९ गते दिउँसो करिब २ बजे पोखरिया नगरपालिका वडा नम्बर ४ स्थित बाल उद्यान अंग्रेजी बोर्डिङ स्कूलको प्राङ्गणमा दुवै पक्षबीच झै–झगडा भएको थियो। झडपमा बेहुलाका बुवा शंकर प्रसाद महतो चाई गम्भीर घाइते भएका थिए र उपचारका क्रममा २०७९ साल असार ११ गते काठमाडौंको शहीद गंगालाल अस्पतालमा उनको मृत्यु भएको थियो।

उक्त घटनामा पीडित पक्षले दिएको किटानी जाहेरी अनुसार संलग्न आरोपितहरूको खोजी भइरहेको थियो। तीन वर्षपछि फरार रहेका सिकेन्द्र प्रसाद चौहानलाई प्रहरीले २०८२ साल वैशाख २२ गते सतवरियाबाट नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM