२०८२ पुष १ गते मंगलवार

पर्सामा लागुऔषधविरुद्ध सचेतनामूलक तथा परिक्षण कार्यक्रम सम्पन्न विद्यार्थीहरूलाई चेतना सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान

 

अभिलाष गुप्ता
बिरगंज २४ बैशाख

लागुऔषधको प्रयोग तथा दुरुपयोग विरुद्ध जनचेतना फैलाउने उद्देश्यले पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नम्बर १ स्थित पण्डित रामविनी आधारभूत विद्यालयमा एक विशेष सचेतनामूलक तथा परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।

सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा छपकैया तथा नेपाल रेडक्रस सोसाइटी छपकैया उपशाखाको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रम सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजना गरिएको हो।

 

कार्यक्रममा विद्यालयका कक्षा ७ र ८ का ७५ जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूलाई लागुऔषध सम्बन्धी जानकारी, यसको दुष्परिणाम, रोकथामका उपाय बारे विस्तृत जानकारी गराईएको थियो।

कार्यक्रम ग्यासुदिन ठकुराईको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिको रूपमा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाई उपस्थित थिए।

अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम अझ प्रभावकारी बनेको थियो, जसमा जवाहरलाल कलवार, विजय कुमार, प्रधानाध्यापक कुरेश राउत, शिक्षक रामनारायण प्रसाद, प्रेम कुमार साह, केदार तिमलसेना र सोलाजीम मियाको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको क्रममा विद्यार्थीहरूले लागुऔषधसम्बन्धी प्रश्नहरू उठाएर जानकारी लिने मौका पाए भने सुरक्षा निकाय र शिक्षकहरूबाट सकारात्मक उत्तर प्राप्त गरेका थिए।

उक्त कार्यक्रममा प्रमुख अतिथि वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईले विद्यार्थीहरु लाई परीक्षणसमेत दिइएको जनाइएको छ।

उक्त कार्यक्रमले विद्यार्थीहरूमा लागुऔषधबारे चेतना अभिवृद्धि गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM