२०८३ जेष्ठ ३ गते आईतवार

सखुवाप्रसौनीमा भूमिहीनका लागि नापजाँच कार्य सुरु

 

भूमी समस्या समाधान आयोग जिल्ला समिति पर्साले भूमिहीन नागरिकका लागि सखुवाप्रसौनी गाउँपालिका–१ मा आजदेखि नापजाँच कार्यको औपचारिक शुभारम्भ गरेको छ।

आयोगका अध्यक्ष तबरेज अहमदको अनुसार, भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने उद्देश्यले सर्बेक्षक नकुल पटेलको नेतृत्वमा तीनजना अमिनको टोली परिचालन गरिएको हो।

यस कार्यलाई प्रभावकारी बनाउन गाउँपालिका अध्यक्ष जसवन्त यादव र वडा नम्बर १ का अध्यक्ष बासुदेव महतो थारुको सक्रिय सहयोग रहेको अध्यक्ष अहमदले जानकारी दिए।

आयोगले यस अभियानमार्फत स्थानीय तहमा बसोबास गर्दै आएका वास्तविक भूमिहीनलाई पहिचान गरी जग्गा स्वामित्वको अधिकार दिलाउने अपेक्षा राखेको छ। साथै, यसले सामाजिक न्याय र समावेशी विकासमा ठोस योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM