२०८३ जेष्ठ ३ गते आईतवार

भीम आर्मी नेपाल र भारत एकता मिशनबीच विशेष भेटघाट, मधेशलगायत देशभरका अत्याचारबारे छलफल

 

भीम आर्मी भारत एकता मिशनका प्रमुख तथा नगिना लोकसभा सांसद चन्द्रशेखर आजाद ‘रावण’ र भीम आर्मी नेपाल संगठनका संयोजक युवा नेता सुनिल रामबीच विशेष भेटघाट तथा छलफल सम्पन्न भएको छ। उक्त भेटघाटमा भारत एकता मिशनका महासचिव र भीम आर्मी नेपालका केन्द्रीय संयोजक कमल सिंह वालिय पनि सहभागी थिए।

छलफलको क्रममा संयोजक सुनिल रामले मधेश प्रदेशसहित देशभर दलित, मुस्लिम तथा अल्पसंख्यक समुदायमाथि भइरहेका हत्या, हिंसा र अत्याचारका घटनाबारे विस्तृत जानकारी दिएका थिए। यस विषयमा सांसद चन्द्रशेखर रावणले गहिरो चासो व्यक्त गर्दै नेपाल सरकारका गृहमन्त्रीसहित सम्बन्धित निकायलाई कूटनीतिक पहलमार्फत दबाब दिने वाचा गरेका छन्।

उनले यस्ता घटनामा संलग्न अपराधीलाई कानुनी दायरामा ल्याउन, पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन र शान्ति सुरक्षाको प्रत्याभूति गराउन प्रभावकारी पहल गर्ने प्रतिबद्धता जनाएका छन्। भीम आर्मी नेपालका केन्द्रीय सचिव ज्ञानेन्द्र कुमार रामका अनुसार, यस भेटघाटले दुवै देशका बहुजन, दलित र अल्पसंख्यक समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM