२०८३ जेष्ठ ३ गते आईतवार

एलिजा फाउण्डेसनद्वारा बिधालयमा शैक्षिक सामग्री वितरण

 

 

बाराको कलैया उपमहानगरपालिका वडा नं १७ स्थित श्री लोकतान्त्रिक गणतन्त्र प्राथमिक विद्यालयमा एलिजा फाउण्डेसन नेपालले ८ औं वार्षिकोत्सवको अवसरमा १ सय २५ थान ब्याग तथा शैक्षिक सामग्री वितरण गरेको छ।

केक काटेर वार्षिकोत्सव मनाउँदै फाउण्डेसनकी अध्यक्ष तथा प्राइम टेलिभिजनकी डाइरेक्टर एलिजा गौतमले विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूलाई ब्याग, कापी, कलम, फुटबल लगायत शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेकी हुन्।

विद्यालयका प्रधानाध्यापक राजेश साहको अध्यक्षतामा आयोजित कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नं १७ का वडा सदस्य अबास अन्सारी, लोकतान्त्रिक मुस्लिम संघका केन्द्रीय अध्यक्ष डा. कमरुल्लाह अन्सारी, लोसपा महिला संगठनकी केन्द्रीय सदस्य ममता तिवारी लगायतले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रममा वडा सदस्य लक्ष्मी पटेल, फाउण्डेसनकी सञ्जना थापा, विद्यालयका शिक्षक भवानी मिश्र, सीता साह, कार्यालय सहयोगी सुगन्धी पटेल, विनय पटेल, रन्जय यादव, सोनालाल पटेल, विद्यार्थी, समाजसेवी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको स्वागत शिक्षक भवानी देवी मिश्रले गरेकी थिइन् भने सञ्चालन सञ्चारकर्मी रमेश साहले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM