२०८३ जेष्ठ ३ गते आईतवार

भोका लागि आहार, सेवा सराहनीय : धोलेश्वर धाममा लायन्स क्लबद्वारा पौष्टिक भोजन वितरण

 

 

धर्म, सेवा र मानवियताको सन्देश फैलाउँदै भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकास्थित पवित्र स्थल धोलेश्वर धाम मा एक सराहनीय सामाजिक कार्य सम्पन्न गरिएको छ। आफ्नो घर आश्रम नेपाल मा बसोबास गर्दै आएका सत्तरी वासिन्दाहरूलाई पौष्टिक भोजन प्रदान गरिएको हो।

यस पुण्य कार्यको आयोजना लायन्स क्लब काठमाडौँ एवेरेस्ट सेण्टेनीयल ले गरेको थियो। भूतपूर्व डिष्ट्रिक्ट गभर्नर अमर बहादुर श्रेष्ठ को संस्थापक अध्यक्षतामा संचालित क्लबले हंगर रिलीफ योजना अन्तर्गत यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरेको हो।

कार्यक्रममा क्लबका पदाधिकारीहरू, समाजसेवी महिला–पुरुष, सञ्चारकर्मी, लायन्स सदस्य तथा आश्रमका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रह्यो। सहभागी लायन्सहरूले स्वयम् हातले भोजन बाँडेर सेवाको प्रत्यक्ष अनुभूति गरेका थिए।

कार्यक्रमबारे जानकारी दिँदै लायन्स क्लबका आजीवन सदस्य राधेश्याम खेतान ले सेवा नै धर्म हो भन्ने मान्यतालाई आत्मसात गर्दै भविष्यमा पनि यस्ता सामाजिक गतिविधिहरूलाई प्राथमिकतामा राखिने जनाए।

लायन्स क्लबद्वारा गरिएको यस्तो कार्यले समाजमा सकारात्मक सन्देश फैलाउनुका साथै गरिब, असहाय र ज्येष्ठ नागरिकप्रति समर्पित भाव जागृत गराएको उपस्थित सबैले अनुभव गरे।

 

 

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM