२०८३ जेष्ठ ३ गते आईतवार

नेशनल प्याब्सनद्वारा “माइण्ड मास्टर्स–२०८२” अन्तरविद्यालय चेस प्रतियोगिता सम्पन्न

 

“सबै राष्ट्रिय निजी तथा आवासीय विद्यालयहरू एक हौं” भन्ने मूल नाराका साथ राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन), वीरगंज–पर्साको आयोजनामा अन्तरविद्यालय चेस (बुद्धिचाल) प्रतियोगिता “माइण्ड मास्टर्स–२०८२” भव्य रूपमा सम्पन्न भएको छ।

प्रतियोगिता शुक्रबार, वीरगंज वडा नं. १२ श्रीपुरस्थित एपेक्स म्यानेजमेन्ट कलेजको सभाहलमा सम्पन्न भएको हो।
कार्यक्रममा एपेक्स म्यानेजमेन्ट कलेजका डाइरेक्टर दिपेन्द्र चौधरी प्रमुख अतिथि रहनु भयो भने अध्यक्षता नेशनल प्याब्सन वीरगंज महानगर समितिका अध्यक्ष तथा कार्यक्रम संयोजक सोनालाल पटेलले गर्नुभयो।

नेशनल प्याब्सनमा आबद्ध वीरगंजका १६ वटा विद्यालयहरूबाट प्रत्येकबाट ४ जना गरी कुल ६४ जना विद्यार्थीहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए।
आयोजकका अनुसार, प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूमा रणनीतिक सोच, निर्णय क्षमता र मानसिक तीव्रताको अभिवृद्धि गर्नु रहेको थियो।

विजयी विद्यार्थीहरू जुनियर गर्ल्स तर्फ पहिलो स्थान दिव्यानी पटेल मिशन एकेडेमी,दोस्रो स्थान रेखा साह विभूती एकेडेमी तेस्रो स्थान सलोनी साह ओसिस मा.वि.सिनियर ब्वायज तर्फ:पहिलो स्थान प्रान्जल पटेल ग्लोबल स्कुल,दोस्रो स्थान: एम. डि. रियान ज्ञान उदय बाल स्कुल सिनियर गर्ल्स तर्फ पहिलो स्थान: अर्चना कुमारी लर्ड बुद्ध स्कुल,दोस्रो स्थान: आदित ठाकुर विद्या सागर स्कुल लगाएतकाहरु बिजय भएका थिए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र, ट्रफी तथा पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रमका विशिष्ट अतिथिहरूमध्ये नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष डा. नन्दन यादव, केन्द्रीय सचिव इन्द्रदेव साह, जिल्ला अध्यक्ष रामकुमार श्रेष्ठ, तथा सचिव प्रमोद रायमाझी,मुकेश गुप्ता,लालबाबू गुरुङ लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगिताको सञ्चालन शुल्भ केसी, सुबोध पौडेल र अजय कुर्मीले संयुक्त रूपमा गर्नुभएको थियो।
कार्यक्रमको समापनमा अतिथिहरूले प्रतियोगिताको सफल आयोजनाका लागि आयोजकलाई बधाई ज्ञापन गर्दै यस्ता बौद्धिक गतिविधिहरूले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM