२०८२ मंसिर २६ गते शुक्रबार

नेपाली कांग्रेसले महामानव विश्वेश्वर प्रसाद कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

 

नेपाली कांग्रेसले महामानव विश्वेश्वर प्रसाद कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम पर्सा जिल्लाको हरपतगंज वडा नं.२० रामजानकी मठ अपौनी मा स्थित वृक्षारोपण को आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम ले वृक्षारोपणको महत्वबारे जोड दिंदै भने, “वृक्ष हाम्रा जीवनका आधार हुन्। हामी सबैले आफ्नो घर, विद्यालय, गाउँ र शहर वरिपरि वृक्षारोपण गरेर वातावरण संरक्षणमा योगदान दिनुपर्छ भनु भयो भने महामानव बिपि कोइराला ले गरेको त्याग र बलिदान को बारेमा स्थानीय लाई अवगत गरानु भएको थियो। बिपि कोइराला ले प्रजा को हक हित मा काम गरे उनी जहानिया राजतन्त्र को अन्त को लागि आदोलन गरे र राजतन्त्र को अन्त गरे जमिदारी प्रथा लाई समाप्त गरे बिपि कोइराला हाम्रो बिच मा न रहे पनि उह को सिधाान्त हाम्री मुटुमा रहेको छ बिपि कोइराला को सिधाान्त मा हामी हिडिरहेका छौ भनु भयो। यस्तो पानी को विकराल प्रस्तिथिमा यस वदा मा भइ रहेको पानी को समस्या समाधान गर्न म संग हुने सहयोग गर्ने छु र गर्दै आइरहेको छु । आउने दिन मा हरेक को घर घर मा पानी को समस्या अन्त गर्ने छु प्रतिबद्धता गर्ने भएको छ।

विशिष्ट अतिथि नेपाली कांग्रेस पर्सा क्षेत्र १ का कार्यबाहक सभापति अनिल सिंह रहनु भएको थियो भने अतिथिहरु मा बिजय पटेल श्रीकान्त दास सुरेन्द्र प्रसाद यादव अरुण पुरी मनोज चौरसिया रजाक मिया लगायत को उपस्थिति रहेको थियो। कार्यक्रम को अध्यक्षता नेपाली कांग्रेस हरपथगंज वडा नं २० का बुथ सभापति हरिचन्द्र प्रसाद यादव गर्नु भएको थियो। उक्त वृक्षारोपण कार्यक्रम मा स्थानिय र नेपाली कांग्रेस का नेता तथा कार्यकर्ता को उल्लेखनीय सहभागिता ले वृक्षारोपण कार्यक्रम गरिएको जानकारी उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले दिनु भयो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM