२०८२ कार्तिक २९ गते शनिबार
neelambads

श्री राणी सती दादीजीको ‘सिंधारा उत्सव’ वीरगंजमा धूमधामका साथ सम्पन्न

­

श्री राणी सती दादी मन्दिर, वीरगंज आदर्शनगरमा हरेक वर्षझैं यस वर्ष पनि ‘सिंधारा उत्सव’ विशेष भक्ति भावका साथ भव्य रूपमा सम्पन्न गरिएको छ।

उक्त धार्मिक कार्यक्रम शनिवार दिउँसो ३ घण्टासम्म सञ्चालन भएको थियो। कार्यक्रममा भजन-कीर्तन, आरती, तथा धार्मिक स्तुतीहरू प्रस्तुत गरिएका थिए। कार्यक्रमको समापनमा सन्ध्या प्रसाद वितरण गरिएको आयोजकले जानकारी दिएका छन्।

कार्यक्रमको आयोजना श्री मारवाड़ी सेवा ट्रष्ट, श्री राणी सती ज्योती मण्डल तथा श्री राणी सती महिला मण्डल वीरगंजको संयुक्त पहलमा गरिएको हो।

उत्सवमा वीरगंज तथा आसपासका क्षेत्रका मारवाड़ी समुदायका महिला तथा पुरुषहरूको उल्लेखनीय उपस्थिति रह्यो। भक्तिभावमा सहभागीहरूमध्ये धेरैजसो परम्परागत पहिरनमा सजिएर मन्दिरमा दर्शन तथा सेवा पूजा गर्न आएका थिए।

आयोजकका अनुसार, सिंधारा उत्सव हरेक वर्ष साउन महिनामा विधिवत रूपमा आयोजना गरिँदै आएको छ। यस वर्ष पनि परम्परा अनुसार श्री श्री १००८ राणी सती दादीजीको पावन स्मरणमा भजन संध्या आयोजना गरिएको थियो।

कार्यक्रमले धार्मिक, सांस्कृतिक र सामाजिक समरसता प्रवर्द्धन गरेको आयोजक संस्थाहरूको भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

neelambads
neelambads

Live

Listen Live FM