२०८२ माघ ११ गते आईतवार

भोजपुरी प्रतिष्ठानलाई भवन र गीताज्ञान दर्शनलाई सम्मान मेयर सिंहको प्रतिबद्धता

 

भोजपुरीका वरिष्ठ साहित्यकार तथा भोजपुरी प्रतिष्ठान, वीरगञ्जका सल्लाहकार आदरणीय प्रमोद पाण्डेय ‘हेरम्ब’द्वारा रचित गीताज्ञान दर्शन (छन्दोबद्ध गाथा–भोजपुरी) पुस्तकको भव्य लोकार्पण समारोह शनिबार वीरगञ्जमा सम्पन्न भयो।

समारोहका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गीताज्ञान दर्शन पुस्तकले भोजपुरी साहित्यको स्तरीयताको नयाँ दृष्टान्त स्थापित गरेको उल्लेख गर्दै लेखक प्रमोद पाण्डेयलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे।
उनले एक वर्षभित्र भोजपुरी प्रतिष्ठानको आफ्नै भवन निर्माण गर्ने प्रतिबद्धता जनाउँदै भोजपुरी भाषा, साहित्य, संस्कृति र कलाको संरक्षण तथा प्रवर्द्धनका लागि सबैलाई सक्रिय हुन आग्रह गरे। प्रमुख अतिथिले भोजपुरी भाषा हाम्रो पहिचान, संस्कार र लोक जीवनको अमूल्य सम्पदा भएको बताउँदै यसको उत्थानमा महानगरपालिका सधैं सहयोगी रहने स्पष्ट पारे।

विशिष्ट अतिथिका रूपमा गुडविल पब्लिकेसनका पदाधिकारी, वरिष्ठ साहित्यकार रामप्रसाद साह, गणेश लाठ, विजय किशोर पाण्डे, छोटेलाल साहलगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार सतीश चन्द्र झा ‘सजल’ले पुस्तकको समीक्षात्मक टिप्पणी प्रस्तुत गरे।

लेखक पाण्डेयले भोजपुरी भाषालाई आधुनिक साहित्यको मूलधारमा स्थापित गर्ने आफ्नो प्रयासलाई निरन्तर अगाडि बढाउने अठोट व्यक्त गरे।

कार्यक्रमको सञ्चालन संस्था कि माधुरि महतोले गरिन्। वक्ताहरुले भोजपुरी भाषा–साहित्यले सामाजिक सद्भाव, ऐतिहासिक चेतना र सांस्कृतिक जडानलाई बलियो बनाउनेमा जोड दिए।कार्यक्रम वीरगञ्ज पब्लिक कलेजको सभाहलमा आयोजित भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM