२०८२ फाल्गुन ५ गते मंगलवार

वीरगन्ज नारायणी अस्पताल अगाडि कैदीको मृत्यु प्रकरणमा विरोध, अवस्था तनावपूर्ण

 

वीरगन्ज महानगरपालिका–२५ खल्वाटोलाका कैदी राहुल तुराहाको उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएपछि उनका आफन्त तथा स्थानीयले अस्पताल र प्रशासनविरुद्ध आज दिउँसो तीव्र विरोध प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले तुराहाको मृत्यु अस्पताल र प्रशासनको लापरबाहीका कारण भएको आरोप लगाएका छन्। उनीहरूका अनुसार स्वास्थ्य अवस्था बिग्रिँदा तुराहालाई अन्य अस्पतालमा लैजान सुझाव दिइए पनि समयमै रिफर नगरेकै कारण ज्यान गएको हो।

मृत्युको खबर सार्वजनिक भएपछि आक्रोशित आफन्त र स्थानीयले नारायणी अस्पताल अगाडि टायर बालेर सडक अवरुद्ध गर्दै नाराबाजी गरेका छन्। यस क्रममा अस्पताल परिसरमा तनावपूर्ण माहोल सिर्जना भएको छ।

स्थिति नियन्त्रणमा लिनका लागि ठूलो संख्यामा प्रहरी बल परिचालन गरिएको छ भने अस्पताल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ। अहिले पनि घटनास्थलमा तनाव कायमै रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM