२०८२ कार्तिक २९ गते शनिबार
neelambads

गुडविल सोसाइटीद्वारा नारायणी अस्पतालमा २०० प्याकेट खाना वितरण

 

गुडविल सोसाइटी संस्थाले मंगलबार वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत बिरामी र उनीहरूको आश्रितहरूलाई २०० प्याकेट पौष्टिक खाना वितरण गरेको छ। संस्थाका अध्यक्ष अरबाज आलमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको क्रममा अस्पताल व्यवस्थापन समितिका प्रतिनिधिहरूले पनि सक्रिय सहयोग गरेका थिए। बिरामी तथा उनीहरूका आफन्तहरूलाई अस्पताल परिसरमै पुगेर खाना वितरण गरिएको थियो। वितरण गरिएको खाना स्वच्छ र पौष्टिक बनाउन विशेष ध्यान दिइएको आयोजकले जानकारी दिएका छन्।

अध्यक्ष आलमले भन्नुभयो, “हामीले यो अभियानलाई निरन्तरता दिने छौं। अस्पतालमा उपचाररत बिरामीलाई स्वस्थ र पौष्टिक खाना पुर्‍याउनु हाम्रो सामाजिक उत्तरदायित्व हो।”

कार्यक्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको पनि उपस्थिति रहेको थियो। बिरामीका आफन्तहरूले यस्ता सामाजिक कार्यले ठूलो राहत मिल्ने बताए।

गुडविल सोसाइटीले यस्ता परोपकारी गतिविधिहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ। संस्थाले अघिल्ला अवसरहरूमा पनि राहत वितरण, रक्तदान र स्वास्थ्य शिविर जस्ता कार्यक्रमहरू सम्पन्न गरिसकेको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

neelambads
neelambads

Live

Listen Live FM