अभिलाष गुप्ता
बैशाख १३ बिरगंज
१३६औं अन्तर्राष्ट्रिय मजदुर दिवस (May-1st) को अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित सप्ताह व्यापी मे कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रम घन्टाघर चौकमा सम्पन्न भएको हो। उक्त कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल ट्रेड युनियन महासंघ मधेश प्रदेशका स-इन्चार्ज अर्जुन चिमोरिया,बिशिष्ठ अतिथि नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा सभापति ब्रिजकिशोर पटेल प्रभाकर गुप्ता,बेनि प्रसाद,सचिव कृष्ण प्रसाद पुडासैनि लगायत को उपस्तिथि रहेको थियो।
उक्त कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेशका अध्यक्ष केदार देवको अध्यक्षतामा सम्पन्न भएको छ।
उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष कुमार गुप्ताको विशेष उपस्थिति रहेको थियोे।
उक्त रक्तदान कार्यक्रममा १ महिला सहित ३२ जनाले रक्तदान गरेका थिए। रक्तदान गर्नुहुनेमा सरुना नेसा,बलराम प्रसाद,सुरज प्रताब साह,राजेश साह,बिकेश सिंह, छुनीलाल चौधरी,कृष्ण पुडासैनी, श्री राम यादव, मुकेश सहनी,सन्देश कुमार,समाजसेवी राजेन्द्र भट्टराई लगाएतकाहरुले रक्तदान गरेका थिए।
उक्त रक्तदान कार्यक्रममा बिरगंज रक्तसंचारका प्राबिधिक मनिष कुमार गुप्ता,नमित चौरसिया,बिबेक यादवको सहयोग रहेको थियोे।









