अभिलाष गुप्ता
बैशाख १३ बीरगंज
जनमत पार्टी वीरगन्जका महानगर समितिको बिस्तारीत बैठक आज सम्पन्न भएको छ ।
जिल्ला पार्टी कार्यालयमा बैठक सम्पन्न भएको जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ द्धारा जानकारी
। बैठकले यसै महिनामा पार्टी अध्यक्ष डा. सिके राउतको उपस्थितिमा हुने कार्यक्रमलाई भव्यरुपमा सफल बनाउने गर्ने निर्णय गरेको छ ।
आउदो २७ गते जिल्लाको विभिन्न ठाउँमा राखिएको कार्यक्रमको शान्तिपूर्णरुपले गर्ने निर्णय गरेको जनमत पर्सा अध्यक्ष सर्राफले जनाए । उनका अनुसार वैशाखको अन्तिम साता जिल्लाको विभिन्न पालिकामा कार्यक्रमहरु राखिएको छ, त्यसको व्यवस्थापन र तयारीको बारेमा आज बैठक बसेर सामूहिक छलफल गरिएको हो ।
मधेस उत्थानका लागि जनमत पार्टीले अहिले गाउँगाउँमा गएर जनताको समस्या बुझ्ने रणनीतिमा छ । त्यही रणनीतिअनुरुप जनमत पर्साले विभिन्न पालिकाका जनताको समस्याबारे उच्च तहका नेतालाई जानकारी गराउने कार्यक्रमहरु आयोजना गरिरहेको जनाएको छ ।
उक्त दिन जमनत अध्यक्ष डा राउत आमसभाको कार्यक्रमसंगै जिल्लाका नेता कार्यकर्ता एवम सर्वसाधारण भेट्ने कार्यतालिका रहेको जनमत पार्टी पर्साले जनाएका छन ।
महानगरको अध्यक्ष महादेव शर्माको अध्यक्षतमा सम्पन्न बैठकमा केन्द्रिय सदस्यहरु श्याम गुप्ता , रम्भा मिश्र, अनुराग द्विवेदी, अनिता रौनियार, नजमा खातुन, सन्तोष साह ,जिल्ला उपाध्यक्ष अमरनाथ सिह राठौर देवराज सरार्फ सहित ३२ वटै वडाका एकाइ अध्यक्षहरुको सहभागिता रहेको थियो ।









