२०८२ फाल्गुन २८ गते बिहीबार

भूमिहीन दलित तथा सुकुम्बासीको पक्षमा भिम आर्मिको पहलमा मेयर राजेशमान सिंहलाई ज्ञापनपत्र बुझाइयो

 

अभिलाष गुप्ता
बिरगंज १७ बैशाख

भिम आर्मी नेपालका केन्द्रीय संयोजक सुनिल रामको नेतृत्वमा भूमि आयोगमार्फत भूमिहीन दलित र सुकुम्बासीहरुको जीवनस्तर सुधार तथा न्यायोचित भूमि वितरणको माग राख्दै बिरगंज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंहलाई औपचारिक ज्ञापनपत्र बुझाइएको छ।

उक्त ज्ञापनपत्र कार्यक्रममा भूमिहीन तथा सुकुम्बासी समुदायका दीर्घकालीन समस्याहरूलाई सम्बोधन गर्नका लागि आवश्यक सरकारी पहल, नीति निर्माणमा समावेशिता तथा स्थानीय तहसँगको समन्वयमा जोड दिइएको थियो। संयोजक सुनिल रामले भने, “भूमि वितरण प्रक्रिया पारदर्शी, निष्पक्ष र तीव्र बनाउनका लागि सरकार र सम्बन्धित निकायसँग सहकार्य गरी अधिकार सुनिश्चित गर्नुपर्छ।”

कार्यक्रममा पर्सा जिल्लाका दलित महिला संघ अध्यक्ष निला राम, चमार कल्याण समाज पर्साका अध्यक्ष जादोलाल राम, दलित अगुवा लालबावु राम (पटेर्वा सुगौली), युवा दलित अभियन्ता सन्तोष राम, दिपलाल राम, राजेश्वर राम लगायतका अगुवा तथा अभियन्ताहरुको उल्लेख्य उपस्थिति थियो।

उनीहरुले भूमिहीन र सुकुम्बासीहरुको नाममा नामसारी प्रक्रिया सहज बनाउन, स्थायी बसोबासको व्यवस्था गर्न र उनीहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्न आग्रह गरे। साथै, आयोगको पहलले समुदायमा नयाँ आशा जगाएको र अब राज्यले व्यवहारमा प्रतिबद्धता देखाउनुपर्ने आवश्यकता औंल्याइएको थियो।

कार्यक्रमले दलित तथा सुकुम्बासी समुदायका आवाजलाई स्थानीय तहसम्म पुर्‍याउँदै उनीहरूको अधिकारप्रति जिम्मेवार धारणा निर्माणमा महत्वपूर्ण भूमिका खेलेको देखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM