२०८२ फाल्गुन २८ गते बिहीबार

सिटि जेसिजको आयोजनामा कलैयामा ३२ जना द्वारा रक्तदान

 

अभिलाष गुप्ता
बैशाख १८ बिरगंज

 

कलैया सिटि जेसिजको आयोजनामा कलैयामा ३२ जनाले बिहीबार रक्तदान गरेका छन्।बाराको सदरमुकाम कलैया उपमहानगरपालिका वार्ड नम्बर १ मा रहेको भरत चौकमा मजदुर दिवसको उपलक्ष्यमा सो कार्यक्रम गरिएको हो।

“रक्तदान गरौं,जीवनदान गरौं“ भन्ने मूल नाराका साथ उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो। रक्तदान कार्यक्रमका सहयोगी श्री राजदेवीमाई ज्वेलर्स रहेको थियोे ।

सो रक्तदान कार्यक्रममा ३२ जना पुरुषले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताले जानकारी दिएका छन्।

सो रक्तदान कार्यक्रममा कलैया सिटी जेसीज २०२५ का कार्यकारणी उपाध्यक्ष संजय कुशवाहा,२०२५ का उपाध्यक्ष सन्दिप प्रसाद यादव र नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य हरिओम साह लगायतले रक्तदान गरेका छन्।

कलैया सिटी जेसीज २०२५ का अध्यक्ष ओमप्रकाश कुमार सरार्फको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गोपाल सेवा समितिका अध्यक्ष एवम् समाजसेवी जंगबहादुर यादव रहेका हुन्।

उक्त रक्तदान कार्यक्रममा बिरगंज रक्त संचार केन्द्रका प्राविधिक मनिष कुमारको सहयोग थियोे।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM