२०८३ जेष्ठ ३ गते आईतवार

सिडिओ गणेश अर्यालद्वारा सामुदायिक प्रहरी अध्यक्ष जय प्रकाश खेतान सम्मानित

 

पर्साको दुर्गम ठोरी गाउँपालिकाको सिकारीबासमा सरकारी सेवा विस्तारको आवश्यकतालाई उजागर गर्ने सरोकारवाला लाई जिल्ला प्रशासन कार्यालय, पर्साले आइतबार विशेष सम्मान गरेको छ।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानलाई प्रमुख जिल्ला अधिकारी सिडिओ गणेश अर्यालले दोसल्ला ओढाई र प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका हुन्।

समान कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) पर्साका प्रमुख हिमाल लम्साल, पत्रकार महासंघ पर्सा,कान्तिपुर दैनिकका संवाददाता,रुङ्टा वेलफेयर सोसाइटी, नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय, जिल्ला पूर्वाधार विकास कार्यालय, नारायणी अस्पताल, वीरगञ्ज सामुदायिक आँखा अस्पताल, नेपाल टेलिकम प्रादेशिक कार्यालय, हस्क पावर नेपाल, घरेलु विभाग प्रादेशिक कार्यालय, र ठोरी गाउँपालिकालाई पनि सम्मान गरिएको थियो।

सीडिओ अर्यालले सिकारीबासजस्तो दुर्गम क्षेत्रमा सरकारको उपस्थिति पुर्‍याउन सफल हुनु गौरवको विषय भएको बताए। उनले सबै सरोकारवालाको संयुक्त प्रयासले सेवा विस्तार सम्भव भएको उल्लेख गर्दै भविष्यमा पनि यस्तो सहकार्य आवश्यक रहेको बताए।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM