२०८२ फाल्गुन २८ गते बिहीबार

बिरगंजको घन्टाघरमा ट्राफिक प्रहरीद्वारा नो इन्ट्री उल्लंघन गर्ने ई-रिक्सा चालकहरूमाथि कारवाही

 

बिरगंजको मुख्य व्यस्त क्षेत्र घन्टाघर नजिकै आज ट्राफिक प्रहरीले नो-इन्ट्रीको नियम उल्लंघन गर्दै जामको स्थिति सिर्जना गर्ने ई-रिक्सा चालकहरूमाथि कडा कारवाही गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टका भनाई अनुसार नियमित जाँचको क्रममा ट्राफिक टोलीले दर्जनौं ई-रिक्सालाई रोक्दै ट्राफिक व्यवस्थापन अवरोध गर्ने गतिविधिमा संलग्न चालकहरूसँग स्पष्टीकरण मागेको हो। नियम विपरीत निषेधित क्षेत्रमा प्रवेश गरी सार्वजनिक आवागमनमा अवरोध पुर्याउने कार्यप्रति प्रहरी कडा बनेको बताए।

उनले भने कारवाही अन्तर्गत केही ई-रिक्सा नियन्त्रणमा लिइएका छन् भने चालकहरूलाई सचेत गराउँदै ट्राफिक नियमको पालना गर्न निर्देशन दिइएको छ।

ट्राफिक प्रहरीका अनुसार, “नो ईन्ट्रीको क्षेत्र निर्धारण ट्राफिक सहज बनाउने उद्देश्यले गरिएको हो। यसलाई बेवास्ता गर्नेहरूलाई अब कडाइका साथ नियन्त्रणमा लिनेछौं।”

स्थानीय बासिन्दा र व्यावसायिक क्षेत्रका व्यक्तिहरूले यस अभियानको स्वागत गरेका छन्। उनीहरूका अनुसार यस्तो कारवाहीले शहरको ट्राफिकलाई थप व्यवस्थित बनाउन मद्दत पुर्‍याउनेछ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM