जगरनाथपुर गाउँपालिका र वीरगंज–१५ स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबीच एक ऐतिहासिक समझौता सम्पन्न भएको छ।
गाउँपालिकाका नागरिकलाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गरिएको यो सम्झौतामा बुधबार गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव र नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारीले हस्ताक्षर गर्नुभएको हो।
सम्झौता अनुसार जगरनाथपुर गाउँपालिकाका बासिन्दाले अब नेशनल मेडिकल कलेजमा विभिन्न स्वास्थ्य सेवाहरूमा ७ प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट पाउने छन्।
छुट पाउने सेवाहरूमा OPD सेवा,सर्जरी,बेड चार्ज,एक्स–रे,,CT Scan,MRI
,ल्याब परीक्षण (प्याथोलोजी),फार्मेसी (औषधि खरिद) लगायता सेवाहरु रहेका छन।
यसबाहेक, हरेक तीन महिनामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरिने पनि सम्झौतामा उल्लेख गरिएको छ।
कार्यक्रममा उपाध्यक्ष श्रीमती बबिता सिंह, वडा अध्यक्षहरू, अन्य जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा कलेजका प्रमुख सूचना अधिकारी इ. प्रदीप चौधरी र मार्केटिङ प्रबन्धक जितेश चन्द्र दासको उपस्थिति थियो।
अध्यक्ष यादवले उक्त समझौताले स्थानीय तहमा स्वास्थ्य सेवा पहुँचलाई थप मजबुत बनाउने र नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो।









