२०८२ पुष १ गते मंगलवार

राष्ट्रिय प्रजातान्त्रिक पाटी (राप्रपा) द्वारा भोलि बजार बन्दको चेतावनी

अभिलाष गुप्ता चैत १६ विरगञ्ज
राष्ट्रिय प्रजातान्त्रिक पाटी (राप्रपा) ले आज विरगञ्जको घण्टाघर चोकमा विरोध प्रदर्शन गरेको छ । पार्टीका नेता तथा कार्यकर्ताहरूको गिरफ्तारीको विरोधस्वरूप टायर बालेर प्रदर्शन गरिएको हो ।उक्त प्रदर्शनमा पार्टीका केन्द्रीय सदस्य अंगत ठाकुर, पर्सा जिल्ला उपाध्यक्ष अवध किशोर साह, विद्यार्थी युवा नेता दिपेश साह लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी नेताहरूले आफ्ना नेता–कार्यकर्ताहरूको तत्काल रिहाइको माग गरेका छन् । यदि उनीहरूलाई रिहा नगरिए, भोलिदेखि विरगञ्ज बजार बन्द गर्ने चेतावनी दिएका छन् ।
स्थानीय प्रशासनले अवस्था नियन्त्रणमा राख्न सुरक्षा व्यवस्था कडा पारेको छ भने प्रदर्शनकारीहरूले आफ्नो आन्दोलनलाई अझ सशक्त बनाउने आवाहन गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM