अभिलाष गुप्ता
बैशाख ०६ बिरगंज
बिरगंज जेसीजको सप्ताह ब्यापी महत्वाकांक्षी कार्यक्रम जेसीज सप्ताह २०२५ अन्तर्गतको छैटौं र साऔं कार्यक्रम सम्पन्न गरेको छ। छैटौं कार्यक्रम आज मैत्रीपुर्ण फुटसल र बनभोज गरि समापन भएको छ। छैटौं कार्यक्रम अन्तर्गत बिरगंज जेसीजका पुर्व अध्यक्ष र कार्यसमिति बिच मैत्रीपुर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको हो। उक्त प्रतियोगितामा कार्यसमितिका टिम ४-३ ले बिजयी भएको हो भने साऔं कार्यक्रम बिरगंजको भुटनदेबि स्थित बनभोज कार्यक्रम गरि सम्पन्न भएको हो।
उक्त कार्यक्रममा प्रमुख अतिथी उधोग बाणिज्य संघ बिरगंजका अध्यक्ष हरि गौतमको आतिथ्यमा सम्पन्न भएको थियोे भने विशिष्ट अतिथीमा पुर्व अध्यक्ष गोपाल केडिया,अनुप अग्रवाल,पशुपति बिक्रम शाह, वीरगञ्ज जेसिसकी संस्थापक उषा शाह, नेपाल रेडक्रस सोसाइटी पर्साकी उपसभापति मधु राणा,गणेशमान श्रेष्ठ,दिवेश मानवसेवा,सन्चारकर्मी अभिलाष गुप्ता लगाएतका विशिष्ट ब्यक्तिहरुको सहभागिता रहेको थियोे ।
उक्त कार्यक्रममा बिरगंज जेसीजको अध्यक्ष जेसी सरोज चौरसियाले विशिष्ट ब्यक्तीहरु लाई मायाको चिन्हो प्रदान गरेर सम्मान गरेका थिए ।
उक्त कार्यक्रममा बिरगंज जेसीजका पुर्व अध्यक्ष सिनेटर गणेशमान श्रेष्ठ ,पुर्व अध्यक्ष सिनेटर अशोक गुप्ता , पुर्व अध्यक्ष सिनेटर डा. अर्बिन्द श्रेष्ठ , बिरगंज जेसीजका कार्यसमिति सदस्यहरु , मनोनित पदाधिकारीहरु लगायतको उपस्थित रहेको थियो। कार्यक्रम संचालन बिरगंज जेसीजका महासचिव जेसी रबिन्द्र श्रेष्ठले गर्नु भएको थियो भने स्वागत मन्तव्य डा. अर्बिन्द श्रेष्ठले गरेका थिए ।देश भरी १८७ शाखाहरु द्वारा साता ब्यापी कार्यक्रम अन्तरगत आज अन्तिम दिन फुटबल खेल र बनभोज कार्यक्रम गरि सम्पन्न गरिएको थियोे।
बिरगंज जेसीजको अध्यक्ष जेसी सरोज चौरसियाका अनुसार हामीले गरेको साता ब्यापी कार्यक्रम आज सम्पन्न भएकोमा खुसी व्यक्त गरेका थिए। उनले भने सर- सामाजिक कार्यहरु अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्य र विकासमा यस्ता सामाजिक तथा सांस्कृतिक कार्यक्रमले पुर्याउने योगदानबारे चर्चा समेत गरेका थिए। आगामी दिनमा पनि सहकार्य र आपसी भावनालाई प्रवर्द्धन गर्न यस्ता कार्यक्रमहरु गर्दै जाने आवश्यक रहेको बताएका थिए।









