२०८३ भाद्र १० गते बुधबार

राप्रपा पर्साको अधिवेशन तालिका तय, जिल्ला अधिवेशन भदौ २४ गते

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्सा जिल्ला कार्यसमितिको बैठकले जिल्लाका विभिन्न स्थानीय तह तथा निर्वाचन क्षेत्रअन्तर्गतका प्रदेश अधिवेशनदेखि जिल्ला अधिवेशनसम्मको मिति र स्थान तय गरेको छ।

बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले वीरगञ्ज महानगरपालिका तथा क्षेत्र नम्बर १ र २ अन्तर्गतका प्रदेश ‘क’ र ‘ख’ लगायतका अधिवेशन आगामी भदौ १५ गते वीरगञ्जस्थित सोल्टी गार्डेन एण्ड पार्टी प्यालेसमा गर्ने निर्णय गरेको छ।

त्यसैगरी पोखरिया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका तथा क्षेत्र नम्बर ३ अन्तर्गतका प्रदेश ‘क’ र ‘ख’ लगायतका अधिवेशन भदौ १७ गते श्रीपुर पाँचगावामा आयोजना गर्ने निर्णय गरिएको छ।

बैठकले धोबिनी गाउँपालिका तथा क्षेत्र नम्बर ४ अन्तर्गतका प्रदेश ‘क’ र ‘ख’ लगायतका अधिवेशन भदौ १९ गते लङ्गडीमा गर्ने निर्णय गरेको छ।

यसैगरी राप्रपा पर्साको जिल्ला अधिवेशन भदौ २४ गते बिहान ११ः३० बजे वीरगञ्जस्थित सोल्टी गार्डेन एण्ड पार्टी प्यालेसमा आयोजना गर्ने निर्णय गरिएको जिल्ला कार्यसमितिले जनाएको छ।

बैठकले तोकिएका मिति र स्थानमा अधिवेशन सम्पन्न गर्न सम्बन्धित तह तथा क्षेत्रका पार्टी नेता–कार्यकर्तालाई आवश्यक तयारी तथा समन्वय गर्न आग्रह गरेको छ। अधिवेशनमार्फत पार्टीको संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउने लक्ष्य लिइएको जनाइएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM