२०८३ बैशाख १९ गते शनिबार

पर्सा ख्रिष्टियान समाज द्वारा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

 

अभिलाष गुप्ता
बैशाख ०७ बिरगंज

पर्सा ख्रिष्टियान समाज द्वारा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। पर्सा ख्रिष्टियान समाजको आयोजनामा बिरगंजको घण्टाघर स्थित येशु ख्रीष्ट को पुनरुत्थान को अवसरमा आयोजना गरिएको पर्सा ख्रिष्टियान समाजका रबिन्द्र केशरीले जानकारी गराएका थिए।

उक्त रक्तदान कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी बिरगंज शाखाका सभापति बृजकिशोर पटेलको आतिथ्यमा एवं पर्सा ख्रिष्टियान समाजका अध्यक्ष राम प्रसादको अध्यक्षतामा सम्पन्न भएको छ।

सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष कुमार गुप्ताको विशेष उपस्थिति रहेको थियोे।

उक्त कार्यक्रममा ९ महिला सहित ३० जनाले आफ्नो अमुल्य रक्तदान गरेका थिए। रक्तदान गर्नु हुनेमा दिपक श्रेष्ठ,भूमिराज क्लाडी,रजनी खत्री,रमाकान्त चौधरी,राजकुमार तामाङ,निरज आचार्य,शर्मिला सुनार,सुनिता मल्ल,रविन गुरुङ,खुशी सिंह,रेश्मा पोखरेल,कविता श्रेष्ठ लगाएतकाहरुले रक्तदान गरेका थिए।

आजको रक्तदान कार्यक्रममा प्राविधिक सहयोग बिरगंज रक्त संचार केन्द्रका प्रमुख सौरभराज पाण्डे,नितेश यादव लगाएतकाहरुको सहयोग रहेको थियोे।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM