२०८२ फाल्गुन ३० गते शनिबार

विश्व रेडक्रस दिवस नेपाल रेडक्रस सोसाइटी बिरगंज शाखाद्वारा भव्य रुपमा सम्पन्न

 

अभिलाष गुप्ता
बैशाख २५ बिरगंज

 

बिरगंज, ८ मे – नेपाल रेडक्रस सोसाइटी बिरगंज शाखाद्वारा विश्व रेडक्रस दिवस “मानवताको पक्षमा” (On the Side Of Humanity) भन्ने नाराका साथ भव्य रुपमा मनाइएको छ।

कार्यक्रमको उद्घाटन शाखाका सभापति बृजकिशोर पटेलले झन्डा तोलन, दीप प्रज्वलन, टीका तथा फुलमालासहित गरेका थिए। उनले रेडक्रसको मानवीय सेवाको महत्वबारे चर्चा गर्दै सबैलाई सेवा भावमा लाग्न प्रेरित गरे।

 

सन् १८६३ मा रेडक्रस अभियानको सुरुवात गरेका संस्थापक जा हेनरी ड्युनाको जन्म दिवसको अवसरमा विश्वभर विविध कार्यक्रमहरू गरिँदै आएको छ। विपद् र संकटका बेला मानव सेवामा समर्पित रेडक्रस तथा रेडक्रिसेन्ट अभियानको सन्देशलाई अझ सशक्त बनाउन यो दिवस मनाइन्छ।

बिरगंज शाखाको कार्यक्रम सभापति पटेलको अध्यक्षतामा सम्पन्न भएको हो भने कार्यक्रम सञ्चालन शाखा प्रमुख बिरशमसेर कुर्मीले गरेका थिए। महिला सदस्य मुना कुमारी खनालको विशेष उपस्थिति रहेको कार्यक्रममा रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता, लक्ष्मी राउत, राजन श्रीवास्तव, र मिना क्षेत्री,श्याम गुप्ता,उमेश गुप्ता,प्रदिप गुप्ता,हरिन्द्र साह,अमन गुरुवाचार्य,हरि राउत,राजु साह लगायत अन्य स्वयंसेवक तथा समाजसेवीको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमले स्थानिय तहमा रेडक्रसको क्रियाकलापप्रति जनचेतना र सहभागिता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM