अभिलाष गुप्ता
रक्सौल, भारत – भारत–नेपाल सीमामा सुरक्षा कडाइसँगै एक ठूलो कारबाही गरिएको छ। भारतको रक्सौल मैत्री पुल नजिक सीमा सुरक्षा बल (SSB) ले चार जना चिनियाँ नागरिकलाई नेपालबाट अवैध रूपमा प्रवेश गर्न खोजिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ।
पक्राउ परेका चारै व्यक्तिहरूले बारम्बार आफ्नो बयान परिवर्तन गरिरहेका छन् र हिन्दी, नेपाली, अंग्रेजी तथा चिनियाँ भाषामा संवाद गरिरहेका छन्। सुरक्षा एजेन्सीका अनुसार उनीहरूको पाकिस्तानसँग सम्बन्ध रहेको संकेत देखिएको छ। ती व्यक्ति पाकिस्तानमा रहेका एक केटासँग सम्पर्कमा रहेको पत्ता लागेको बताइएको छ।
सुरक्षा स्रोतहरूका अनुसार चिनियाँ नागरिकहरू विगत एक हप्तादेखि काठमाडौंमा थिए र भारतमा प्रवेशको प्रयोजन अझै स्पष्ट भएको छैन। सोधपुछका क्रममा उनीहरूले आफ्नो उद्देश्य खुलाउन अस्वीकार गरेका छन्।हाल ती चारै जनालाई गोप्य स्थानमा राखेर सोधपुछ भइरहेको छ।



















