२०८३ असार १ गते सोमबार

रिलिफ सोसाइटी अफ कमर्सको ३४औं स्थापना दिवस तथा बुद्ध पूर्णिमा जयन्तीमा पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान गरिने

 

अभिलाष गुप्ता
बीरगन्ज,२६ वैशाख

रिलिफ सोसाइटी अफ कमर्सले आफ्नो ३४औं स्थापना दिवस तथा बुद्ध पूर्णिमा जयन्तीको अवसरमा यही वैशाख २९ गते भव्य औपचारिक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम रिलिफ सोसाइटी भवन, आदर्शनगर (ठा.रा. कलेजपछाडि) मा दिउँसो ४ बजे सुरु हुने जानकारी सोसाइटीका अध्यक्ष श्री योगेन्द्र प्रसाद यादवले दिएका छन्।

सामाजिक, शैक्षिक, स्वास्थ्य, खेलकुद र उद्यमशीलताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका पाँच विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिने आयोजकले जनाएको छ। सम्मानका लागि चयन गरिएका व्यक्तिहरू निम्नानुसार छन्:

साहित्य क्षेत्रमा जयकिशोर पाण्डे,चिकित्सा क्षेत्रमा डा. भरत गोइत,खेलकुद क्षेत्रमा सविन बस्नेत, अध्यक्ष, भेटान्स सिटी क्लब, बीरगन्ज,समाजसेवा क्षेत्रमा श्रीमती विद्या कुमारी सारावगी, अध्यक्ष, उपकार सेवा नेपाल,महिला उद्यम क्षेत्रमा श्रीमती आरती सिंह, उद्यमी लगाएतकाहरु लाई सम्मान गरिने छ।

अध्यक्ष यादवका अनुसार, “हामी प्रत्येक वर्ष समाजमा प्रेरणादायी कार्य गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएका छौं। यस परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि विभिन्न क्षेत्रका अग्रणी व्यक्तित्वहरूको योगदानको कदर गर्न लागिएको हो।”

कार्यक्रममार्फत गौतम बुद्धको शिक्षालाई स्मरण गर्दै शान्ति, सेवा र सद्भावको सन्देश फैलाउने प्रयास गरिएको छ। कार्यक्रममा स्थानीय विशिष्ट व्यक्तिहरू, समाजसेवी, व्यापारी, बुद्धिजीवी, शिक्षाविद् र सर्वसाधारणको उपस्थिति रहने अपेक्षा गरिएको छ।

यो कार्यक्रमले समाजमा सकारात्मक सोच, सेवा भाव र योगदानको मूल्याङ्कन गर्ने संस्कृतिलाई प्रवर्द्धन गर्ने आयोजकको विश्वास छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM