अभिलाष गुप्ता
बैशाख २६ बिरगंज
पर्सा, पोखरिया – आजाद मदरसा तालिमुल कुरान पोखरिया–४ मा आयोजित दुई दिने “इज्लास–ए–त्तम इस्लाह–ए–मोआशरा व दस्तारवन्दी अराकिने जल्सा” भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले गमलामा पानी हालेर शुभारम्भ गरेका थिए।
दुई दिनसम्म चलेको यस इस्लामिक सम्मेलनमा नेपाल तथा भारतका प्रख्यात आलिम र चतूर्वेदी वोलमाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले कुरान तथा हिन्दू धर्मका चार वटै वेदको बारेमा जानकारी दिँदै आपसी सद्भाव, भाइचारा र सामाजिक समरसताको सन्देश प्रदान गरेका थिए।

कार्यक्रमका विशिष्ट अतिथि वीरगञ्ज महानगरपालिका उप–प्रमुख इम्तियाज आलमले समाजमा केही तत्वहरूले भेदभाव फैलाउने प्रयास गरे पनि यस्ता कार्यक्रमहरूले एकता र भाइचाराको सन्देश दिने बताए। “हामी एउटै समाजमा बस्छौं, सबै जात–जाती मिलेर पर्वहरू मनाउने हाम्रो परम्परा हो। यस्तो सहभागिताले हामी एक हौं भन्ने प्रमाणित गर्छ,” उप–प्रमुख आलमले भने।
विशिष्ट अतिथिहरूमध्ये पूर्व सांसद हरिनारायण रौनियार, नगरप्रमुख प्रद्युम्न प्रसाद चौहान, उप–मेयर रुबी कुमारी ठाकुर, पूर्व मेयर दीपनारायण रौनियार, निजामुद्दीन समानी र पूर्व सांसद रमेश्वर रौनियारको उपस्थिति रहेको थियो।
कार्यक्रममा छपकैया वडा नं. २ का अध्यक्ष रेयाज मियाँ, नेपाली कांग्रेसका श्रीकुशन चौहान, सकिम मियाँ, आशा चौहान, लक्ष्मण साह कानु, नौसाद आलम, सोनालाल साह गोड, इफ्तिखार आलम लगायत समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता खैरुल्लाह मियाँले गरेका थिए भने सञ्चालन गनि अंसारीले गरेका थिए। कार्यक्रमको जानकारी वीरगञ्ज महानगरपालिका उप–प्रमुखका प्रेस सल्लाहकार महमद सदाबले दिएका हुन्।




















