२०८२ पुष १ गते मंगलवार

नेपाल आदिवासी तथा जनजाति पत्रकार महासंघ पर्साको बैठक वीरगञ्जमा सम्पन्न

 

अभिलाष गुप्ता
वीरगञ्ज, पर्सा

नेपाल आदिवासी तथा जनजाति पत्रकार महासंघ (फोनिज) पर्सा शाखाको महत्वपूर्ण बैठक शनिबार वीरगञ्जस्थित होटल गेटवेमा सम्पन्न भएको छ। बैठकले संस्थागत सुदृढीकरण, आगामी कार्यक्रमहरू र संगठनात्मक विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकको अध्यक्षता फोनिज पर्साका अध्यक्ष मुनेश लायो मगरले गर्नुभएको थियो। प्रमुख अतिथिको रूपमा फोनिज मधेश प्रदेशका अध्यक्ष दुष्यन्त चौधरीको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिका रूपमा फोनिज मधेश प्रदेश सदस्य शम्भु महतो थारु, फोनिज पर्साका सल्लाहकार जगत राई, पूर्व अध्यक्ष अजित भुजेल , कार्यसमितिका ओम प्रकाश चौधरी , सञ्जय दास थारु , रामकिशोर चौधरी, सन्तोष रंजितकार, अर्जुन चौधरी लगायतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।

बैठकमा आदिवासी तथा जनजाति समुदायका पत्रकारहरूको पहिचान, संगठनात्मक संरचना बलियो बनाउने र सदस्यहरूको सक्रिय सहभागिता अभिवृद्धि गर्ने विषयमा छलफल गरिएको थियो।

बैठकले निम्न निर्णयहरू पारित गरेको छ:

फोनिज स्थापना दिवस भव्य रूपमा मनाउने — महासंघको स्थापना दिवस अवसरमा विविध कार्यक्रम आयोजना गरी आदिवासी तथा जनजाति पत्रकारहरूको योगदानलाई सम्मान गर्ने निर्णय।

खाता सञ्चालनको व्यवस्था मिलाउने — संस्थाको आर्थिक पारदर्शिता र व्यवस्थापन सुदृढ पार्ने उद्देश्यले बैंक खाता सञ्चालन प्रक्रिया अगाडि बढाउने।

सदस्य परिचय पत्र वितरण — सदस्यहरूको पहिचान र अधिकार सुरक्षित गर्न परिचय पत्र वितरण कार्यक्रम छिट्टै सञ्चालन गर्ने।

प्रमुख अतिथि दुष्यन्त चौधरीले आफ्नो सम्बोधनमा आदिवासी तथा जनजाति पत्रकारहरूलाई समाजको आवाज बुलन्द पार्न थप संगठित भएर अघि बढ्न आह्वान गर्नुभयो। उहाँले मधेश प्रदेशस्तरमा पनि पत्रकारहरूको अधिकार, क्षमता अभिवृद्धि र सञ्चार क्षेत्रको विविधतामा योगदान पु¥याउन फोनिजको भूमिकालाई महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

बैठकमा सहभागी सबै पदाधिकारी तथा सदस्यहरूले संगठनलाई अझ सशक्त, समावेशी र सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM