२०८२ फाल्गुन ५ गते मंगलवार

रक्सौलमा नीतीराज मोटर्स टाटा डिलरशिपको उद्घाटन, अब टाटाका गाडीहरू स्थानीय स्तरमै उपलब्ध

 

 

रक्सौल प्रखंडको न्यू बाइपास आईसीपी रोडस्थित कननामा टाटा मोटर्स प्यासेन्जर भेइकल्स लिमिटेडका आधिकारिक कार डिलर नीतीराज मोटर्स प्रा. लि. को भव्य उद्घाटन समारोह शनिबार सम्पन्न भएको छ।

उक्त शोरूमको उद्घाटन बिहार सरकारका समाज कल्याण मन्त्री माननीय मदन साहनी तथा पर्यटन मन्त्री माननीय राजु कुमार सिंह ले संयुक्त रूपमा रिबन काटेर गर्नुभएको हो।

समारोहमा बोल्दै समाज कल्याण मन्त्रीले भन्नुभयो, “अब टाटाका आधुनिक र सुविधासम्पन्न गाडीहरू रक्सौलमै उपलब्ध हुनेछन्। यसले गर्दा स्थानीय नागरिकहरूलाई गाडी खरिदका लागि मोतिहारी वा मुजफ्फरपुरसम्म जानु नपर्नेछ।”

कार्यक्रममा सुगौली क्षेत्रका विधायक शशि सिंह, पूर्व मन्त्री श्याम बिहारी प्रसाद, टाटा मोटर्सका एमडी सन्तोष कुमार सिंह, रक्सौल चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष अरुण कुमार गुप्ता, संस्थापक महासचिव आलोक श्रीवास्तव, लायन्स क्लबका सचिव बिमल सर्राफ, बिमल रुंगटा र रवि भरतिया लगायत थुप्रै प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

उनीहरूले टाटा डिलरशिपको रक्सौलमा सुरुवात हुनु क्षेत्रीय विकासका लागि एउटा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो।

कार्यक्रमको क्रममा कम्पनीका नयाँ मोडेलहरूको झलक पनि प्रस्तुत गरिएको थियो, जसले सहभागीहरूको उत्साह थप बढाएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM