२०८३ जेष्ठ १२ गते मंगलवार

राजर्षि जनक विश्वविद्यालय अन्तर्गत स्नातक तहको परीक्षा मर्यादित रूपमा संचालन – बिरगंजका चार कलेज सहभागी

 

 

अभिलाष गुप्ता
बिरगंज,२८ बैशाख

 

संघीय सरकार अन्तर्गत पर्ने राजर्षि जनक विश्वविद्यालय, जनकपुरधाम द्वारा सम्बन्धन प्राप्त कलेजहरूमा भर्ना भएका स्नातक तहका विद्यार्थीहरूको प्रथम वर्ष, प्रथम सेमेस्टरको परीक्षा मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेको छ।

उक्त परीक्षा बिरगंजस्थित ब्राइट +२ कलेजमा केन्द्रित गरि सञ्चालन भइरहेको छ। परीक्षा संचालनमा स्थानीय प्रशासन, कलेज प्रशासन तथा विश्वविद्यालयको पूर्ण समन्वय रहेको छ।

 

परीक्षामा बिरगंज क्षेत्रका चार प्रतिष्ठित कलेजहरू — ममता विद्या मन्दिर, बिरगंज स्कुल अफ ल, सनलाइट +२ कलेज, र गेल्वा किन्ज कलेज — का विद्यार्थीहरू सहभागी रहेका छन्। कुल ८४ जना परीक्षार्थीले उक्त सेमेस्टर परीक्षा दिइरहेका छन्।

परीक्षाको निगरानी तथा अनुगमनको लागि विश्वविद्यालयबाट परिवेक्षकको रूपमा पपु कुमार साह बिरगंज आएका थिए। त्यस्तै, पर्सा जिल्लाका पयाब्सन पर्साका नगर अध्यक्ष राहुल श्रीवास्तवको पनि परीक्षा केन्द्रमा उपस्थिति रहेको थियो, जसले परीक्षा प्रक्रियाको शुद्धता र पारदर्शितामा सघाउ पुर्‍याएको छ।

परीक्षा व्यवस्थापन तथा सुरक्षा संयन्त्र सन्तोषजनक रहेको जनाइएको छ। सम्बन्धित सबै कलेजहरूले विद्यार्थीहरूलाई समयमै परीक्षा स्थलमा उपस्थित गराएर मर्यादित वातावरणमा परीक्षा सञ्चालन गर्नमा सहयोग गरेका छन्।

विद्यार्थीहरूको अनुशासन, परीक्षा केन्द्रको व्यवस्था तथा समन्वयित प्रयासले यस सेमेस्टर परीक्षालाई सफल बनाएको भन्ने विश्वास गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM