२०८३ असार १० गते बुधबार

पर्सामा जबरजस्ती करणीको आरोपमा ५० वर्षीय पुरुष पक्राउ

 

अभिलाष गुप्ता
बैशाख २८, वीरगञ्ज

बारा जिल्ला  प्रसौनी गाउँपालिका वडा नं. ६ का ५० वर्षीय दिनानाथ साहलाई जबरजस्ती करणीको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ। साहले नाम थाहा नभएको ४० वर्षीय पुरुषसँग मिलेर एक महिलालाई मौका छोपी, मुख थुनी करणी गरेको आरोप छ।

पिडित महिलाले दिएको जाहेरीको आधारमा साहलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए। साहलाई करणी सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उक्त घटनामा संलग्न रहेका ४० वर्षीय पुरुषको पहिचान भइसकेको र खोजतलास जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM