२०८३ बैशाख ४ गते शुक्रबार

रिलिफ सोसाइटी अफ कमर्सको ३४औं स्थापना दिवस तथा बुद्ध पूर्णिमा जयन्तीमा पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान

 

अभिलाष गुप्ता
बीरगन्ज,२९ वैशाख

रिलिफ सोसाइटी अफ कमर्सले आफ्नो ३४औं स्थापना दिवस तथा बुद्ध पूर्णिमा जयन्तीको अवसरमा सोमबार २९ गते एक भव्य औपचारिक कार्यक्रम आयोजना गरेर सम्पन्न गरेको छ। उक्त कार्यक्रम बिरगंजको आदर्शनगर स्थित रिलिफ सोसाइटी भवनमा सम्पन्न भएको छ। रिलिफ सोसाइटी अफ कमर्स बिरगंजका अध्यक्ष योगेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियोे।

उक्त कार्यक्रममा सामाजिक, शैक्षिक, स्वास्थ्य, खेलकुद र उद्यमशीलताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका पाँच विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियोे। सम्मान हुने व्यक्तिहरू निम्नानुसार छन।

साहित्य क्षेत्रमा जयकिशोर पाण्डे,चिकित्सा क्षेत्रमा डा. भरत गोइत,खेलकुद क्षेत्रमा सविन बस्नेत, अध्यक्ष, भेटान्स सिटी क्लब, बीरगन्ज,समाजसेवा क्षेत्रमा श्रीमती विद्या कुमारी सारावगी, अध्यक्ष उपकार सेवा नेपाल,महिला उद्यम क्षेत्रमा श्रीमती आरती सिंह, उद्यमी लगाएतकाहरुलाई दोसल्ला ओढाई मायाको चिनो दिई सम्मान गरिएको थियोे।

अध्यक्ष यादवका अनुसार, “हामी प्रत्येक वर्ष समाजमा प्रेरणादायी कार्य गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएका छौं। यस परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि विभिन्न क्षेत्रका अग्रणी व्यक्तित्वहरूको योगदानको कदर गर्न लागिएको हो।”

रिलिफ सोसाइटी अफ कमर्सका पुर्व अध्यक्ष समाजसेवी एवं वरिष्ठ उधोगपति गनेश लाठका भनाई अनुसार रिलिफ सोसाइटी समाज सेवाको लागि नै स्थापित भएको संस्था हो।यो संस्था बुद्ध ज्यन्तीका दिन नै स्थापन भएको थियोे।

कार्यक्रममा प्रमुख अतिथी उधोग बाणिज्य संघ बिरगंज अध्यक्ष हरि गौतमको आतिथ्यमा सम्पन्न भएको थियोे।

उपस्थिति श्याम बन्जारा,वरिष्ठ पत्रकार जगदिश प्रसाद शर्मा,वरिष्ठ अधिवक्ता बाल मुकुन्द खरेल,अशोक बैध, गनेश लाठ,माधव राजपाल,अनिल पटवारी लगाएतका विशिष्ट ब्यक्तीहरुको उपस्थिति रहेको थियोे।

कार्यक्रममार्फत गौतम बुद्धको शिक्षालाई स्मरण गर्दै शान्ति, सेवा र सद्भावको सन्देश फैलाउने प्रयास गरिएको छ। कार्यक्रममा स्थानीय विशिष्ट व्यक्तिहरू, समाजसेवी, व्यापारी, बुद्धिजीवी, शिक्षाविद् र सर्वसाधारणको उपस्थिति रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM