२०८२ पुष १ गते मंगलवार

अर्थ बिद् डा. मनोज सरार्फ जनमतमा प्रवेश

अभिलाष गुप्ता
बैशाख २९ वीरगन्ज

वीरगन्ज वडा नम्बर -८ का निवासी डा मनोज कुमार सरार्फ आज जनमत पार्टी प्रवेश गरेका छन् । अर्थ शास्त्रमा बिधावारिधी तथा कृषि बिज्ञानमा स्नातक गरेका डा सरार्फ बिगत २५ वर्ष देखि प्रतिष्ठित अन्तरास्ट्रिय गैरसरकारी संस्थाहरु प्लान इन्टरनेसनल ,स्ट्रीट चाइल्ड अफ नेपाल लगायतका विभिन्न संघ संस्थामा उच्च पदमा रहि समाजिक कार्य गरेको अनुभव रहेको छ।

जनमत पार्टी पर्सा जिल्ला कार्यालयमा आयोजित कार्यक्रम जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले डा. सरार्फलाई जनमतको सदस्यता प्रदान गरि पार्टीमा स्वागत गरेका छन् । कार्यक्रममा केन्द्रिय सदस्य रम्भा मिश्र,प्रदेश सदस्य द्वय बृजेस्वर प्रसाद चौधरी , राजनरायण मिश्र, महानगर अध्यक्ष महादेव शर्मा, नेताहरु रामजी रौनियार ,गगन देव यादव , ध्रुप महतो,हिरालाल राम, कृष्ण कुशवाहा लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM