अभिलाष गुप्ता
बैशाख ३०, वीरगंज
शसस्त्र प्रहरी बल नेपाल, प्रस्तावित गण पर्साद्वारा भारतबाट अबैध रूपमा भन्सार छलिका कपडा नियन्त्रणमा लिइएको छ। सिमा सुरक्षाको जिम्मेवारीमा खटिएको टोलीले पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका वडा नम्बर १, गर्दौल क्षेत्रबाट उक्त कपडा बरामद गरेको हो।
प्राप्त जानकारी अनुसार, भारतबाट चोरीपसल गरेर पोखरिया तर्फ लैजाँदै गरिएको अवस्थामा शंका लागी जाँच गर्दा ना.१८प ८२७२ नम्बरको मोटरसाइकलमा लोड गरिएको जम्मा रु. ५,०१,४०० बराबरको विभिन्न प्रकारका कपडा बरामद गरिएको हो।
शसस्त्र प्रहरी नायब उपरीक्षक तथा सशस्त्र प्रहरी बल १३ नं. गण हेडक्वार्टर पर्साका सूचना अधिकारी देवेन्द्र बहादुर सिंहका अनुसार, नियन्त्रणमा लिइएको कपडा तथा सवारी साधनलाई आवश्यक कानुनी प्रक्रिया अनुसार वीरगंज भंसार कार्यालयमा बुझाइएको छ।
सिमा क्षेत्रमा अवैध तस्करी नियन्त्रण गर्न शसस्त्र प्रहरी बल निरन्तर रूपमा सक्रिय रहेको जनाउँदै सिंहले अवैध व्यापार तथा भन्सार छलीविरुद्ध सशस्त्र प्रहरीको अभियान अझ कडाइका साथ अघि बढाइने बताए।
शसस्त्र प्रहरी बलको यो सफलता सिमा सुरक्षा तथा राजस्व संरक्षणतर्फ प्रभावकारी कदमको रुपमा हेरिएको छ।









